तालिबान विरूद्ध अफगानी महिलाको ‘रंगीन अवतार’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


तालिबानलाई ‘जवाफ दिन’ भन्दै अफगान महिलाहरूलाई ‘डोन्ट टच माइ क्लोथ’ अर्थात् ‘मेरो लुगा नछोउ’ भन्ने सन्देश बोकेका अभियान चलाएका छन्।

रंगीन कपडाहरूमा सजिएका अफगान महिलाका तस्बिर अहिले इन्टरनेटभरि भाइरल भइरहेका छन्।

केही दिनअघि तालिबानले महिला र पुरूषहरूले सँगै बसेर पढ्न नपाउने र महिला विद्यार्थीहरूलाई अनिवार्य रूपमा हिजाव लगाएर विद्यालय जाने नियम लागु गरेपछि संसारभरि छरिएर रहेका अफगान महिलाले यस्तो अभियान चलाएका हुन्।

एक अमेरिकन विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक डा. बहार जलालीले सुरू गरेको यो अभियानमा अहिले धेरै अफगान महिला जोडिएका छन्। उनीहरूले अफगानिस्तानको परम्परागत भेष भन्दै रंगीन कपडाहरू लगाएको तस्विरहरू सार्वजनिक गरेका छन्।

अफगानिस्तानको पहिचान अनि सम्प्रभुत्तामाथि आक्रमण भएको भन्दै यस्तो अभियान सुरू गरिएको बहार जलालीले बताएकी छिन्।

एउटा हरियो रंगको कपडामा सजाएर आफूलाई सार्वजनिक गर्दै उनले अरू अफगान महिलालाई पनि ‘अफगानिस्तानको साँचो अनुहार’ देखाइदिन अपिल गरेकी छन्।

‘म यो सारा दुनियालाई भन्न चाहन्छु कि मिडियाहरूमा तालिबानलाई समर्थन गर्दै र्‌याली गरिएका महिलाका जुन तस्विरहरू आएका छन् त्यो हाम्रो संस्कृती होइन। त्यो पहिचान पनि होइन’ उनले भनेकी छन्।

केही दिनअघि काबुलमा भएको एउटा जुलुशमा महिलाहरू पूरै शरीर ढाकेर तालिबानको झन्डा बोकेका तस्विरहरू सार्वजनिक भएका थिए।

भर्जिनियामा एक मानवअधिकार कार्यकर्ता रहेकी स्पोजमे मसिदले ट्विटरमा लेखेकी छिन् ‘पूरै शरीर ढाक्ने यो कालो रंगको कपडा कहिल्यै पनि अफगान महिलाको परम्परागत पोशाक थिएन। हामी अफगान महिला रंगीन छौं। हामी रंगीन कपडा लगाउँछौं। त्यही नै हाम्रो पहिचान हो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको