शिव शक्ति ग्रुप काठमाडौं किङ्सको ‘गोल्ड पार्टनर’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेपालको एक अग्रणी व्यापारिक समूह शिव शक्ति ग्रुप अब काठमाडौं किङ्स (केके११) को ‘गोल्ड पार्टनर’ बनेको छ। टोली होल्डिङ्स प्रा.लि अन्तरर्गतको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने फ्रान्चाइज टोली काठमाडौं किङ्सले शिव शक्ति ग्रुपको ‘फेमली वेयल– उर्जा राइस’ सँग सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

यसपाली हुन लागेको इपिएलका लागि ‘गोल्ड पार्टनर’ हुने सम्झौता गरेको छ। शिव शत्ति ग्रुप नेपाली बजारमा एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो जसको व्यवसायमा अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा धुने साबुन, कृषि जन्य उत्पादनहरू(जस्तै, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरू खाद्य तेल) पर्दछन्।

शिव शक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवाल भन्छन्, ‘नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी छ। हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौँ। एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरहरुको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौ।’

त्यसैगरी टेली होल्डिङ्सका अध्यक्ष संजय अग्रवाल भन्छन्, ‘अहिलेको महामारीको समयमा पनि हामी, केके११ र शिव शक्ति ग्रुपले मिलेर समन्वय गर्ने वातावरण बनाउन सफल भएका छौँ। यस समन्वयले टिमको हौसलामा वृद्धि गर्नेछ र हामी शिव शक्ति ग्रुपलाई यसको लागि धन्यवाद दिन चाहन्छु र हामी खेलहरु जितेर इतिहास कोर्न तयार रहेका छौँ।’

यसपालिको ईपिएलमा काठमाडौं किङ्स११ आकर्षक प्रतिभाले भरिएको टोली जसमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, सुवास खकुरेल, शेर मल्ल र अरु प्रतिभाशाली खेलाडीहरु छन्। इपिएल खेल यही २५ सेप्टेम्बरबाट सुरू हुँदैछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप