चार घण्टाका लागि एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा आउँदैछन्। यति एयरलाइन्सको उडानबाट बिहान १० बजे चन्द्रगढी विमानस्थल ओर्लनेछन्।

उनले कार्यकर्ताबीच  यी पार्टी विभाजन र सरकारबाट बहिर्गमनका बारेमा प्रष्ट्याउनेछन्। त्यसका लागि बिर्तामोडस्थित सिटी सेन्टरको साई प्यालेसमा कार्यक्रम आयोजना गरिएको छ।

त्यहा  जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला राखिएको छ। भेलामा स्थानीय तह, जिल्ला र केन्द्रीय स्तरको नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ। 

अध्यक्ष ओली दुई दिन अघि (भदौ २७ गते ) झापा आउने कार्यक्रम  थियो। विशेष कारणले कार्यक्रम सारिएको भनिएपनि कारण खोलिएको छैन।

एमाले झापा सचिवालयका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। बिर्तामोड पार्टीको झण्डा र अध्यक्ष ओलीको तस्वीरले सजाइएको छ।

चन्द्रगढी विमानस्थलदेखि नै गेट र सडक किनारमा झण्डा र तस्वीर राखिएको छ। कार्यक्रम स्थल पनि सिंगारिएको छ। अध्यक्ष ओलीलाई पार्टी फुटको असर नपरेको देखाउन कार्यकर्ता पंक्ति खटिएको देखिन्छ। ओलीको गृहजिल्ला झापामा  ४९३ जना जनप्रतिनिधि मध्ये सात जना मात्रै नेकपा (समाजवादी) मा खुलेका छन्। यसले पनि ओलीको जाँगर यथावत राख्न मद्दत गर्ने छ। प्रधानमन्त्रीबाट बहिर्गमन र पार्टी फुट पछि पहिलो पटक झापा आउने अध्यक्ष ओली गृहनगर दमक नपुगी नै आज दिउँसो  २ बजे काठमाडौँ फर्किनेछन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु