बालबालिकालाई कोरोना खोप : कुन देशका कस्तो र कसरी दिइदैँछ?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


१८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन्।

अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो भने वेलायतले अब सुरु गर्दैछ। प्रम्ख स्वास्थ्य अधिकारीहरूको सल्लाहपछि बेलायतका १२ देखि १५ वर्षका बालबालिकाले फाइजरको एक डोज लगाउने भएका हुन्। खोप विकासमा नयाँ फड्को मारेको चीनले तीन वर्षदेखि १८ वर्ष समूहका व्यक्तिलाई लक्षित गरी  खोप तयार गरेको छ। 

के हुँदैछ युरोपमा?
युरोपको मेडिकल निकाय इएमएले यही मेमा १२ देखि १५ वर्षका बालबालिकालाई फाइजरको खोप अनुमति दिएपछि युरोपेली देशका बालबालिकामा खोप अभियान जारी छ। डेनमार्क र स्पेनका अधिकांश बालबालिकाले खोप लगाइसकेका छन्। 

फ्रान्समा १२ देखि १७ वर्ष उमेर समूहका ६६ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ५२ प्रतिशतले पूर्णखोप लगाएका छन्। अक्टोबरसम्म १२ देखि १८ वर्षसम्मका सबैलाई खोप लगाउने सरकारको लक्ष्य छ। 

जर्मनीका स्वास्थ्य विज्ञले जुनमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन सुझाएका थिए। स्वीडेन र नर्वेमा पनि बालबालिकामा खोप अभियान सुरु गरिएको छ। मेमा अमेरिका र क्यानडाले १२ वर्षमाथिका बालबालिकालाई फाइजर दिन सकिने जनाएको थियो। अमेरिकामा कतिपय बालबालिकालाई पहिलो डोज फाइजर र दोस्रो डोज मोडेर्ना दिईएको छ। डेल्टा भेरिअन्ट फैलिएसँगै अमेरिकाले खोप अभियान तीब्र पारेको छ। 

चीनमा तीन वर्षमाथिकाले लगाउन सक्ने
चीनले तीनदेखि १७ वर्षका बालबालिकालाई सिनोभ्याक लगाउन अनुमति दिएको छ। चीनमा कोभिड खोप अनिवार्य बनाइएको छ। पूर्ण खोप लगाएका व्यक्तिका सन्तान मात्र विद्यालय जान पाउँछन्। 

त्यस्तै, चिली सरकारले ६ देखि १७ वर्षका बालबालिकालाइ खोप लगाउन अनुमति दिएको छ। तर, खोप कार्यक्रम सुरु भएको छैन्। कोरोनाबाट प्रभावित भारतमा यही अगस्टमा स्थानीय औषधी कम्पनीले तयार पारेको खोपले १२ वर्षमाथि किशोर किशोरीका लागि अनुमति पाएको छ।  न्यूजकारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ