प्रतिपक्षसँग संवादै नगरी बस्दैछ संसद बैठक, यस्ता छन् सत्तापक्ष र विपक्षीका रणनीति


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


प्रतिनिधिसभाको बैठकमा निरन्तर हुलदंगा गर्दै आएको नेकपा एमालेले आजको बैठक पनि चल्न नदिने भएको छ।

जारी नवौं अधिवेशनका हरेक बैठकहरू प्रमुख प्रतिपक्ष एमालेले रोक्दै आएको छ। आइतबारको बैठकमा पनि एमालेका सांसदहरुले अवरोध गरेपछि सोमबार सभामुख अग्नी सापकोटाले सर्वदलीय बैठक बोलाएका थिए। तर त्यसमा प्रतिपक्षी एमाले भने सहभागी भएन।

एमाले उपस्थित नभएपछि सभामुखले सर्वदलीय बैठक त गरे र मुख्य मुद्दा एमालेसँगै जोडिएका कारणा निष्कर्ष भने आउन सकेन।

बैठकमा सहभागी सत्ता गठबन्धनलगायत सबै दलका नेताहरूले एमालेलाई पनि सहभागी गराउन र उसँग संवाद अघि बढाउन सुझाव दिएका थिए।

त्यो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले सहमतिमा नआए पनि विधेयक पास गर्नुपर्ने बताएका थिए।

एमालेले भने आफूहरूसँगको मुद्दामा अरू पार्टीलाई छलफल गर्नुको कुनै तुक नरहेको बताएको छ। आयोमेलसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने– ‘नाटक गरेर सबै पार्टीसँग बसेर छलफल गर्न खोज्नुभयो। यो एमालेसँगको समस्या हो। हामीसँग मात्रै बसेर छलफल गरेर समाधान निकाल्ने हो। हाम्रो समस्यमा शेरबहादुर, प्रचण्ड अनि माधव नेपाल र उपेन्द्रहरू किन बोलाउनुपर्‌यो? त्यो देखाउनका लागि मात्रै हो। एमालेसँग डाइरेक्ट समाधान खोजे भइहाल्यो नि।’

आजको बैठकमा प्रतिस्थापन विधेयक पारित गर्नुपर्नेछ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो। तर त्यो बजेटलाई केही थपघट गरेर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले गत शुक्रबार प्रतिस्थापन विधेयकबाट नयाँ बजेट सार्वजनिक गरेका थिए।

देउवा सरकारलाई यही भदौ ३० गतेभित्र प्रतिस्थापन विधेयक पास गर्नुपर्ने दबाव छ। संसदमा अध्यदेश पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्ने प्रावधान छ।

आजको बैठकमा सरकारले यो प्रतिस्थापना विधेयक प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। तर एमालेले फेरि पनि अवरोध गर्ने जनाएको छ। 

एमालेसँगको विवाद के हो?

एमालेबाट अलग हुने बेला अध्यक्ष ओलीले माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पार्टीबाट कारबाही गरेर निष्काशन गरेका थिए। तर निर्वाचन आयोगले त्यो कारबाहीलाई स्विकार गरेन र उनीहरूलाई सांसदको मान्यता कायमै राखिदियो। त्यो बेलासम्म माधवकुमार नेपालहरूले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरिसकेका थिए।

ओलीले त्यसरी कारबाही गरेको सूचना सभामुखले टाँस पनि गरेनन्। अनि ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेका छन्। त्यो मुद्दा विचाराधीन छ, किनारा लागिसकेको छैन।

र, यहीबीचमा राष्ट्रपतिले भदौ २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिन्। एमाले सांसदहरूले संसद अघि बढ्न नदिने रणनीति लिए र त्यो दिनदेखि संसद अवरूद्ध नै छ। एमालेका सांसदहरूले ‘संसदीय मर्यादा’ चाहियो भनिरहेका छन्। हुलदंगा गरिरहेका छन्।

एमालेले कारबाही गरेका ती सांसदहरूलाई संसदमा प्रवेश निषेध गर्न सभामुखलाई भनिरहेका छन्। तर निर्वाचन आयोगले पनि ओली(एमाले)ले गरेको कारबाहीको मान्यता नदिएको र त्यसपछि सर्वोच्चमा समेत मुद्दा विचाराधीन भएका कारण त्यसबारे छलफल गर्न नहुने तर्क सभामुखको छ।

तर पनि एमालेले मानिरहेको छैन। यो बीचमा संसदका कार्यसूचीहरू पनि प्रभावित भइरहेका छन्। ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधन गर्नका लागि प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा पनि एमालेका सांसदहरूले रोके तर सभामुखले जवर्जस्ती बैठक चलाए। र संशोधित बजेट पनि आयो।

आइतबारको बैठक पनि प्रतिपक्ष एमालेका सांसदहरूको नाराबाजीका कारण अघि बढ्न सकेन। एकपटक १५ मिनेटका लागि बैठक स्थगित भयो। दोस्रो पटक पनि सभामुखले बैठक सुरू गर्दै गर्दा एमालेका सांसदहरूले नाराबाजी गर्न थाले अनि उनले २९ गतेसम्मका लागि बैठक स्थगित गरिदिए।

एमालेले १४ जना सांसदलाई कारबाही भएको सूचना टाँस गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने शर्तहरू अघि सारेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु