तालिबानले पन्जसिरमा कैयौ नागरिक हत्या गरेको खुलासा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तानको पन्जसिर उपत्यकामा तालिबानले कम्तीमा २० जना नागरिकको हत्या गरेको खुलासा भएको छ। काबुल नियन्त्रणमा लिएपछि तालिबानले पन्जसिरमाथि आक्रमण गरेको थियो।

पन्जसिरका विद्रोही नेशनल रेसिस्टेन्स फ्रन्टका लडाकु र तालिबानबीच त्यहाँ भीडन्तहरू हुँदै आएका छन्। तालिबानले पन्जसिर पनि आफ्नो नियन्त्रणमा आइसकेको दाबी गरे पनि फ्रन्टका लडाकुहरूले त्यसको खन्डन गरेका छन्।

यो उपत्यकामा अहिले सञ्चारका कुनै पनि माध्यमहरू नहुँदा खबर संकलन र प्रशारणका लागि निकै गाह्रो हुँदै आएको छ।

तर यही बीचमा भेटिएको एउटा भिडियो मानिसहरू संयम हुँदा हुँदै पनि तालिबानले उनीहरूलाई मारिदिएको देखिन्छ। बिबिसीले त्यस्ता भिडियो फुटेजहरू आफूले फेला पारेको जनाएको छ।

एउटा भिडियो फुटेज धुलाम्य सडकमा खिचिएको छ। त्यसमा प्रष्टसँग एउटा मानिसलाई तालिबानका लडाकुहरूले घेरेको देखिन्छ। केही क्षणमै गोली चलेको आवाज आउँछ घेरिएका ती व्यक्ति ढल्छन्।

मारिएका ती व्यक्ति कुनै सैन्य पृष्ठभूमिका थिए वा थिएनन् भन्ने पुष्टि भएको छैन।

बिबिसीका अनुसार कम्तीमा यस्ता २० जना नागरिकको यसरी नै हत्या गरिएको छ।

सोभियत संघको सेनादेखि २० वर्षअघि तालिबानले समेत हराउन नसकेको पन्जसिर उपत्यका अहिलेसम्म कसैको नियन्त्रणमा छैन। त्यहाँका लडाकुहरूले उपत्यकाको सुरक्षा गरिरहेका छन्। सारा अफगानिस्तान नियन्त्रणमा ल्याइसके पनि पन्जसिरलाई भने तालिबानले यसपटक पनि काबुमा ल्याउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु