अमेरिकाविरुद्धको खेल जित्न नेपाललाई २३१ रनको लक्ष्य


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – ओमानमा आजदेखि सुरु भएको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। अल अमारत क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले जितका लागि २३१ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट २३० रन बनाएको हो।

अमेरिकाका लागि मोनाङ्क पटेलले शतकीय पारी खेले। उनले ११४ बलमा ९ चौका र एक छक्काको मद्दतमा १०० रन बनाए। उनलाई ४६.२ ओभरमा विक्रम शोवले क्याच आउट गराए। यस्तै निशर्ग पटेलले २१ र करिमा गोरेले १६ रन बनाए। नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले समान २/२ विकेट लिए। एक विकेट कुशल मल्लले लिए। अमेरिकाका दुई खेलाडी रन आउट भएका थिए।

पपुवा न्युगिनीसँग नै खेलेको टोली आज मैदानमा छ। नेपालका भरपर्दा ब्याट्सम्यान तथा उपकप्तान दिपेन्द्रसिंह ऐरी भने चोटका कारण खेल्न सकेका छैनन्। जसले नेपालको ब्याटिङमा केही दबाब थपेको छ।

लिग टु अन्तर्गत नेपालमा भएको खेलमा नेपालले अमेरिकामाथि दुवै खेलमा जित निकालेको थियो।

प्रतियोगिता खेल्नका लागि नेपाली टोली केही साताअघि नै ओमान पुगेको र पपुवा न्युगिनीसँग खेलिएका दुवै खेल जितेकोले पनि नेपाली टोलीको मनोबल केही उच्च छ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु