डडेल्धुरा कांग्रेस विवाद

छानबिन समितिले भन्यो- पार्टी सभापतिलाई जबरजस्ती विवादमा तानियो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी बढिरहेको बेला प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा प्रकरणले माहोल थप तातिएको छ।

क्रियाशील सदस्यता विवादका बीच डडेलधुराका अधिकांश वडाहरूमा सम्पन्न भएको अधिवेशनले कांग्रेसको आन्तरिक राजनीतिक तातिएको हो।

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्ण मल्ल, उपसभापति करूणाकर भट्टसहित बहुमत सदस्यले कार्यसमितिबाटै तत्काल अधिवेशन नगर्ने निर्णय गरेको थियो।

प्रक्रिया पु¥याएर जिल्लाबाट पठाइएको नामहरू काटेर केन्द्रबाट थप गरिएको भन्दै विवाद नटुङ्गिदासम्म अधिवेशन नगर्न उनीहरूको भनाइ थियो।

तर, कार्यसमितिको निर्णयलाई चुनौती दिँदै जिल्ला निर्वाचन समितिले भदौ २५ गते त्यहाँका अधिकांश वडाहरूमा अधिवेशन ग¥यो।

जिल्ला सभापतिलगायतका पदाधिकारीलाई बाहिर राखेर डडेलधुरामा वडा अधिवेशन गरिएपछि अहिले त्यसको वैधानिकतामाथि प्रश्न उठ्न थालेको छ। र, डडेलधुरा अधिवेशनको विरोध गर्ने अग्रपंक्तिमा उभिएको छ कांग्रेसको संस्थापनइतर समूह।

संस्थापनइतर रामचन्द्र पौडेल पक्षले डडेलधुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिसँग माग गरेको छ। प्रहरीको बलमा जबरजस्ती अधिवेशन गरिएको भन्दै डडेलधुरामा फेरि अधिवेशन गराउन माग गरेको हो।

‘प्रशासनिक शक्तिको दुरूपयोग गरी एकपक्षीय रूपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य–परम्पराको खिल्ली उडाइएको छ। यो अमान्य छ। त्यसैले यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन होस्,’ सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पौडेलले भने।

क्रियाशील सदस्यता विवादकाबीच डडेलधुरामा वडा अधिवेशन भएपछि त्यसलाई बाँकी रहेका अन्य जिल्लाहरूसँग पनि जोडेर हेर्न थालिएको छ। विवाद कायम रहेका २० जिल्लाको क्रियाशील सदस्यता सूची कांग्रेसले अझै सार्वजनिक गरेको छैन। ती जिल्लाहरूमा पनि डडेलधुराकै प्रवृत्ति दोहिरिनसक्ने आशंका हुनथालेको छ। र, यस्तै आशंका वरिष्ठ नेता पौडेलले पनि गरेका छन्।

प्रहरी प्रशासनको आडमा वडा अधिवेशन गरिनु आपत्तिजनक रहेको बताएका पौडेलले डडेलधुराको पुनरावृत्ति अन्य जिल्लामा हुन नदिन नेतृत्वलाई खबरदारी गरे।

के भन्छन् छानबिन समितिका सदस्य?

डडेलधुराको क्रियाशील विवाद र वडा अधिवेशनबारे सभापति देउवाविरूद्ध पार्टीकै नेताहरू मोर्चाबन्दीमा उत्रिएको बेला छानबिन समितिका सदस्य योगेन्द्र चौधरी त्यहाँको विवादलाई निराधार बताउँछन्।

समितिले डडेलधुराको क्रियाशील विवाद सहमतिमै टुंग्याएको उनले अनावश्यक विवाद झिकिएको दाबी गरे।

समितिले सहमतिमा टुंग्याएको विवादमा अनावश्यक रूपमा तानेर पार्टी सभापतिलाई बदनाम गर्न नियोजित षडयन्त्र बुनिएको उनले बताए।
‘अहिले जति पनि मिडियाबाजी भइरहेको छ, यो विवाद नियोजित हो,’ आयोमेलसँग चौधरीले भने, ‘पार्टी सभापतिलाई अनावश्यक रूपमा विवादमा पार्ने नियोजित प्रयास भइरहेको छ। छानबिन समितिले टुंग्याइसकेको विषयमा सभापतिलाई मुछ्नु कुनै तुक छैन।’

प्रश्न नै उठाउने हो भने छानबिन समितिमाथि नै उठाउनुपर्ने उनको भनाइ छ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले क्रियाशील सदस्यमाथि परेका उजुरीको छानबिन गरेको थियो। समिति सदस्यहरू चौधरी र कल्याण गुरुङलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको क्रियाशील सदस्य हेर्ने जिम्मा दिइएको थियो। चौधरीले डडेल्धुराको विवाद आफैले हेरेका थिए।

‘पुरानो नवीकरण गर्ने संख्या २ हजार ८६८ जना थिए। त्यतिकै संख्यामा नयाँ दिने पार्टीको निर्णय थियो। सोही संख्यामा नयाँ फारम पनि पठाइयो। तर, २ हजार ५ जति फारममात्रै वितरण गरेको पाइयो। नयाँ मध्येका ३०८ फारम बच्यो। तर, जिल्ला सभापतिले आफूखुशी ती फारमहरू बाँड्नुभयो। त्यसपछि समितिमा उजुरी आयो,’ उनी भन्छन्, ‘सहमतिविपरीत बाँडिएका सदस्यता हामीले स्वीकृत गरेनौं।’

३०८ जनाको फारम कुनै एक व्यक्तिले नगरेर समितिको निर्णयअनुसार भएकोले विवाद झिक्नुपर्ने कुनै कारण नरहेको उनले बताए।

उनका अनुसार तत्कालीन नेकपा माओवादी केन्द्रबाट कांग्रेस प्रवेश गरेका नेता जनकराज कलौनीलाई समायोजन समितिको निर्णयअनुसार एक हजार क्रियाशील सदस्यता दिने निर्णय भएकोमा जिल्लाले करिब २ सय ६५ जिल्लाले पठाएको थियो। जिल्लाले पठाएको २ सय ६५ वटा नाम समितिबाट स्वीकृत भइसकेको उनको भनाइ छ।

मापदण्डको परिधिभित्रै रहेर समितिले क्रियाशील सदस्यता वितरण गरिएको र यसमा पार्टी सभापतिले कुनै चासो नदेखाएको चौधरीले बताए।

‘मापदण्डको परिधिभित्रै रहेर हामीले निर्णय गरेका हौं। तर, सभापतिले एकलौटी ढंगबाट क्रियाशील वितरण गर्नुभयो भनेर आज जसरी प्रचारबाजी गरिँदैछ त्यो निराधार हो,’ उनले भने,‘यसमा सभापतिको चासोको कुनै विषय नै थिएन। यसलाई अतिरञ्जित गरेर महाधिवेशनको एजेन्डा बनाउन खोजिँदैछ। यो गलत भयो।’

सभापतिको जिल्ला भएकोले समितिले गम्भीरतापूर्वक छानबिन गरेर क्रियाशील सदस्यताको टुंगो लगाएको उनले बताए।

क्रियाशील छानबिन समितिमा वरिष्ठ नेता पौडेल पक्षका नेताहरू पनि सहभागी थिए। आफ्नै पक्षका नेता सहभागी भएको समितिले टुंगो लगाएको क्रियाशील सदस्यतामाथि प्रश्न उठाइरहेका पौडेल समितिले गरेको निर्णयभन्दा फरक ढंगले नाम पठाइएको दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप