रोजगारी गुमाएका श्रमिकका लागि जीविकोपार्जन पुनर्उत्थानका कार्यक्रम


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रका श्रमिकको जीवनस्तर उकास्नका लागि ‘जीविकोपार्जन पुनर्उत्थान लागि दिगो पर्यटन परियोजना’ को शुभारम्भ गरिएको छ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्तरुपमा कोभिड-१९ बाट अतिप्रभावित रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको हो।

होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार अगाडि होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहको अध्यक्षतामा कार्यक्रमको शुभारम्भ गरिएको हो।

नेपाल होटल संघका उपाध्यक्ष विनायक शाहकाअनुसार २०/२१ महिनादेखि काम गर्न नपाएका र कोरोनाका कारण जागिर गुमाउनु परेका कर्मचारीहरुलाई लक्षित गरी ल्याइएको बताएका छन्।

उपाध्यक्ष शाहले कार्यक्रमबाट प्रभावित श्रमिकहरुलाई दसैं अगाडि केही राहत पुग्ने बताए। उनले काठमाडौं उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटोघाटो सरसफाई र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौं महानगरपालिकालाई पनि सुन्दर बनाउन सहयोग पुग्ने बताए। इच्छुक श्रम दिने ५ हजार श्रमिक रहेको र एउटा श्रमिकले बढीमा ४० दिन काम गर्नसक्ने गरी योजना बनाइएको उनले जानकारी दिए।

शाहले कामदारलाई दैनिक १ हजारका दरले पारिश्रमिक उपलब्ध गराउने बताए।

नेपालमा करिब ११ लाख होटल श्रमिक रहेका छन्। लकडाउनका कारण होटल व्यवसाय प्रभावित भएपछि कामदारहरु मारमा परेका थिए।

धोरै भए पनि यो कार्यक्रममार्फत कामदारलाई राहत मिल्ने ट्रेड युनियनका प्रतिनिधि वंशी भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु