एमालेले बहिष्कार गरेपछि सर्वदलीय बैठक निष्कर्षविहीन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – संसदको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो।

एमालेको लगातारको नारबाजीपछि संसदमा गतिरोध हुँदा सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए। तर, बैठकमा एमालेका नेताहरू उपस्थित भएनन्। एमाले अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरूले बताएका छन्।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमालेका नेताहरू उपस्थित नभएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको बताइन्।

‘संसदको अवरोध अन्त्य गर्ने विषयमा बैठक बोलाइएको थियो। तर, सम्बन्धित पक्ष नै उपस्थित नभएपछि कुनै निष्कर्ष आउने कुरै भएन,’ पौडेलले भनिन्, ‘उहाँहरूलाई उपस्थित गराएर संवादको माध्यमबाट निकास खोज्न सभामुखलाई नेताहरूले सुझाव दिनुभएको छ।’

सम्बन्धित पक्ष नै उपस्थित नभएसम्म निष्कर्ष आउन नसक्ने भएकाले एमालेलाई जसरी पनि बैठकमा बोलाउन आफूहरूले सभामुखलाई सुझाव दिएको उनले बताइन्।

संसदको गतिरोध अन्त्य गर्न सभामुखले थालेको प्रयासलाई प्रशंसा गर्दै दलहरूले थप पहल गर्न आग्रह गरेको छ। ‘जति प्रयास गर्नुभएको छ त्यो राम्रो छ। तर, अझ प्रयास गर्नुस् हामीले सभामुखलाई भनेका छौं,’ पौडेलले भनिन्।

संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू सहभागी भएको बैठकमा उपस्थित नहुने बताएको छ। विवाद आफूहरूसँग रहेकोले एमालेसँगमात्रै सभामुखले छलफल गर्नुपर्ने उसको भनाइ छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का सांसदहरूलाई गैर सांसद भनिरहेको एमालेले प्रतिनिधिसभा प्रवेशमा रोक लगाउन माग राख्दै सदन सञ्चालनमा अवरोध गर्दै आइरहेका छन्। सभामुखले सर्वदलीय बैठकमा नेकपा (एकीकृत समाजवादी) लाई पनि बोलाएपछि एमाले थप चिढिएको छ।

तर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल नेकपा (एकीकृत समाजवादी) का सांसद सहभागी भएको सर्वदलीय बैठकमा नजाने एमालेको अडान अर्थहीन रहेको बताउँछिन्।

‘माधवकुमार नेपाल समूहका सांसद रहेसम्म उपस्थित हुन्नौं भन्ने उहाँहरूको माग जायज भएन भन्ने कुरा हो हाम्रो,’ उनले भनिन्, ‘विधि प्रक्रियाअनुसार उहाँहरू छुट्टिनुभएको छ। विधि प्रक्रिया पूरा नगरेको भए अवैधानिक भन्न मिल्थ्यो। वैधानिक प्रक्रियाअनुसार विभाजित भएपछि त्यस्तो हठ उहाँहरूले राख्नु भएन।’

सभामुख सापकोटाले एमालेलाई संवादमा आउन सक्दो प्रयास गरेको बताएका थिए।

‘उहाँहरूलाई छलफलमा सहभागी हुन मैले सक्दो प्रयास गरेँ, आज बिहानसम्म कोसिस भयो। तर, सम्भव हुन सकेन,’ सभामुख सापकोटाले बैठकमा भनेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधवकुमार नेपालसहित कारबाही गरिएका १४ सांसदलाई निष्कासन गर्न सूचना टाँस नगरिएको भन्दै सभामुख सापकोटाको विरोधमा खनिएको छ। सभामुखविरूद्ध लगातार नाराबाजीमा उत्रिएपछि सदन सञ्चालनमा गतिरोध उत्पन्न भएको छ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराई गतिरोध अन्त्यका लागि सभामुखसामू दुई विकल्प रहेको बताउँछन्। ‘सदनको गतिरोध अन्त्य गर्न सभामुखले कि त सूचना टाँस गरिदिनु पर्यो कि मार्गप्रशस्त गरिदिनु पर्यो,’ भट्टराईले भने।

सभामुख र प्रमुख प्रतिपक्षी दलबीचको टकरावका कारण मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि सञ्चालन हुनेमा संशय देखिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु