अप्रेसनबाट डेलिभरी गराउने महिलाको संख्या बढ्दो : भविष्यमा आउनसक्छन् गम्भीर समस्या


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपालमा पछिल्लो समय प्रसुतीमा शल्यक्रियाको प्रयोग अस्वाभाविक रूपमा बढ्दै गएको अस्पतालका तथ्यांकले देखाइरहेको छ। विशेषगरि, सहरी क्षेत्रका अधिकांश महिलाले शल्यक्रियामार्फत प्रसुती गराउने गरेको पाइएको छ। सरकारी अस्पतालमा नै शल्यक्रियामार्फत प्रसुती हुने संख्या बढिरहेको देखिएको छ।

महालेखा परीक्षकको कार्यालयको ५८ औं वार्षिक प्रतिवेदनमा परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ३५ प्रतिशत डेलिभरी शल्यक्रियामार्फत गरेको देखाएको छ।

बढ्दै छ अप्राकृतिक डेलिभरी

विश्व स्वास्थ्य संगठनले प्रसुतीमा १५ प्रतिशतसम्म शल्यक्रियालाई सामान्य मानेको छ। तर, सरकारी स्तरका अस्पतालमा शल्यक्रियामार्फत डेलिभरी गराउनेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७४/७५ मा प्रसुती अस्पतालमा २९ प्रतिशतले मात्र शल्यक्रियामार्फत डेलिभरी गराएका थिए। तर, सो संख्या २०७७/७८ मा बढेर ३५ प्रतिशत पुगेको प्रतिवेदनले देखाएको छ।

‘सिजरिन विधिबाट प्रसुति गराउनेको अनुपात गत वर्षभन्दा २.२४ प्रतिशत र २०७४/७५ को तुलनामा ५.८७ प्रतिशत बढेकाले विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको दरभन्दा यो वर्ष २०.२८ प्रतिशतले बढेको देखिएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

अस्पतालमा २०७७/७८ मा २२ हजार ४६१ जनाले प्रसुती सेवा लिएका छन्। जसमध्ये १२ हजार ५४ जनाको प्राकृतिक डेलिभरी भएको छ।

त्यसैगरी, असामान्य प्रसुती १० हजार ४०७ र सिजरिन सेक्सनबाट ७ हजार ९४५ जनाको डेलिभरी भएको प्रतिवेदनले देखाएको छ।

सि-सेक्सनले बच्चा र आमामा दीर्घकालीन स्वास्थ्य जोखिम

विशेषज्ञ चिकित्सकका अनुसार प्राकृतिक प्रसुतीको तुलनामा शल्यक्रियामार्फत जन्मेका बच्चामा दीर्घकालीन स्वास्थ्य जोखिम रहन्छ। डेलिभरीमा शल्यक्रिया (सि-सेक्सन) प्रविधिको प्रयोगले बच्चा र आमाको स्वास्थ्यमा गम्भीर दीर्घकालीन असर पुर्याउन सक्ने चिकित्सकको भनाइ छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अस्पतालमा हुने डेलिभरीमा १५ प्रतिशतसम्म सिजर हुनु नराम्रो मानिँदैन। स्त्री रोग विशेषज्ञका अनुसार हालका दिनमा सि-सेक्सन अत्यधिक बढिरहेको छ। जसले महिला तथा बच्चालाई दीर्घकालीन असर पुर्याउने गर्दछ।

‘आवश्यकताअनुसार सिजर गरिएमा आमा तथा बच्चा दुवैले त्यसबाट फाइदा पाउन सक्छन्। तर, नगण्य जनसंख्याले भने फेसनका लागि पनि सिजर गराउने गरेको कुरालाई नकार्न नसकिने स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. गीता गुरुङ बताउँछिन्।

गर्भावस्थामा व्यायाम, आराम र पोषणको सन्तुलन नमिल्नाले पनि प्रसुतीको समयमा समस्या आउँछ। जसले सि-सेक्सन निम्त्याइरहेको छ।

‘गर्नैपर्ने अवस्थामा त प्रविधिको प्रयोग गर्नु नै पर्यो। तर, निजी अस्पतालहरूमा सिजरियन सेक्सन बढी नै हुने गरेका छन्,’ डा. गुरुङ भन्छिन्।

कस्तो अवस्थामा गर्नुपर्छ शल्यक्रिया

प्रसूतिको समयमा बच्चाको घाँटीमा नाल बेरिएको अवस्था, बच्चाले पेटभित्रै दिसा गरेको अवस्था, प्रसव पीडा लम्बिँदै गएर बच्चा र आमाको जीवन नै जोखिममा रहेको अवस्थामा आकस्मिक अप्रेसन गर्नुपर्ने हुन्छ।

सामान्यत: बच्चा आवश्यकताभन्दा ठूलो भएमा तथा बच्चा आउने बाटो सानो भएमा, एकदमै उच्च रक्तचाप भएका गर्भवती जसलाई सुत्केरी व्यथा लगाएर डेलिभरी गराउन पर्याप्त समय हुँदैन, बच्चाको मुटुको धड्कन तल-माथि भएको अवस्था, लामो समयसम्म महिलालाई सुत्केरी व्यथा लागेको अवस्था, सामान्यत: पाठेघरको माथि बस्ने साल तल बसेको अवस्थामा डेलिभरीका लागि शल्यक्रियाविधि अपनाउनुपर्ने हुन्छ।

गर्भमा जुम्ल्याहा बच्चा रहेको अवस्थामा र जुम्ल्याहा बच्चा जन्मने निश्चित भएको अवस्थामा, बच्चाको टाउको माथि फर्केर रहेको वा पाठेघरमा बच्चा उल्टो परेर बसेको अवस्थामा, तोकिएको समयभन्दा पहिले नै डेलिभरी हुन लागेको अवस्थामा, गर्भनाल थुनिएको अवस्थामा र गर्भवती एचआइभी, हेपाटाइटिस वा अन्य भाइरस संक्रमित भएको खण्डमा आकस्मिक शल्यक्रियाबाट बच्चा जन्माउनुपर्ने हुन्छ।

गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने चिकित्सकहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु