डडेलधुरामा पुनः वडा अधिवेशन गराउन पौडेल पक्षको माग


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा भएको वडा अधिवेशनलाई मान्यता नदिन माग गरेको छ।

संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेलधुरामा सम्पन्न वडा अधिवेशनलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिसँग माग गरेका हुन्।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर पौडेलले भने, ‘प्रशासनिक शक्तिको दुरूपयोग गरी एकपक्षीय रूपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य-परम्पराको खिल्ली उडाइएको छ। यो अमान्य छ। त्यसैले यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन होस्।’

प्रहरी प्रशासनको आडमा वडा अधिवेशन गरिनु आपत्तिजनक रहेको बताउँदै उनले डडेलधुराको पुनरावृत्ति अन्य जिल्लामा नहोस् भनेर नेतृत्वलाई खबरदारीसमेत गरेका छन्।

‘देशव्यापी रूपमा एकैपटक महाधिवेशन हुने परम्परा तोडेर अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुङ्गो लगाइएको छैन। विधि विधानविपरित अधिकांश जिल्लामा क्रियाशील सदस्यताकै विषयमा गम्भीर विवाद उत्पन्न भएका छन्,’ पत्रकार सम्मेलनपछि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्रियाशील सदस्यता वितरणमा भएको अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कारअनुरुपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको छ।’

पार्टीको स्थापित विधि र प्रक्रियाविरुद्ध खुल्ला हस्तक्षेप भएकाले अधिवेशनका दौरान लज्जाजनक स्थिति पैदा भएको पौडेलले बताएका छन्। डडेलधुरा कांग्रेसको इतिहासमै पहिलो घटना रहेको बताउँदै उनले महाधिवेशन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले