बिहारको ग्रामपञ्चायत चुनावका लागि ४८ घण्टा नाका बन्द हुने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जनकपुरधाम भारतको बिहार राज्यमा हुन लागेको स्थानीय चुनावका कारण नेपाल–भारत सीमा बन्द हुने भएको छ।

सोमबार जनकपुरमा बसेको दुवै देशको सुरक्षा अधिकारीहरूको बैठकले चुनावभन्दा ४८ घण्टाअघि नेपाल–भारत नाका बन्द गर्ने निर्णय गरेको हो।

सेप्टेम्बर २९ देखि हुनलागेको बिहारस्थित सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतको चुनावलाई दृष्टिगत गरी नेपाल र भारतका सुरक्षा अधिकारीबीच छलफल भएको छ।

११ चरणमा हुनलागेको चुनावालाई दृष्टिगत गरी चुनाव हुनुभन्दा ४८ घण्टाअघि नाका शील गर्ने निर्णय भएको बैठकमा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।

ग्राम पञ्चायत चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपालको तर्फबाट हुनसक्ने सम्पूर्ण सहयोगका लागि आफूहरू तयार रहेको नेपालका सुरक्षा प्रमुखहरूले बताएका छन्।

‘क्रस बोर्डर’ बैठकका क्रममा नेपाली सुरक्षा प्रमुखहरूले भारतको सीमा क्षेत्रबाट हुने लागुऔषध ओसार पोसार, अपराधलगायतका विषयमा भारतीय सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए। बैठकमा धनुषा, महोत्तरी तथा सिरहाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा बिहारको दरभंगा र मधुबनी जिल्लाका सुरक्षा प्रमुखहरू सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु