नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेतामा महतो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जनकपुरधाम – नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को संसदीय दलका नेतामा शत्रुध्न महतो चयन भएका छन्। संसदीय दलको बैठकले महतोलाई सर्वसम्मतिबाट दलको नेता चयन गरेको हो।

प्रदेश २ मा नेकपा (एकीकृत समाजवादी) का १३ सांसद छन्। दल विभाजनपछि एमालेका २१ मध्ये १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए।

तत्कालीन नेकपामा विवाद हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट सत्यनारायण मण्डललाई हटाएर संसदीय दलले महतोलाई नै नेता चुनेको थियो।
निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्याता पाएपछि महतो फेरि संसदीय दलका नेता चुनिएका हुन्।

प्रदेश २ सरकारमा नेकपा (एकीकृत समाजवादी) पनि सामेल हुने तयारी गरेको छ। केन्द्रमा रहेको दलहरूको गठबन्धनअनुसार प्रदेश सरकारमा सहभागी हुने उसको तयारी छ।

स्रोतका अनुसार दुई मन्त्री र एक राज्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने तयारी गरेको हो।

गठबन्धनआवद्ध नेपाली कांग्रेस र माओवादी केन्द्र यसअघि नै प्रदेश सरकारमा सहभागी भइसकेको छ। नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी भए जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु