साझा उम्मेदवार दिने उद्घोष गरेका रामचन्द्रलाई कहाँ पर्‍यो सकस?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाली कांग्रेसको वडा अधिवेशनको पूर्वसन्ध्यामा भदौ १७ गते संस्थापनइतर समूहले पार्टी केन्द्रीय कार्यालयमा संयुक्त पत्रकार सम्मेलन गर्‍यो। वडा अधिवेशन सुरू हुनु एक दिनअघि गरिएको त्यो पत्रकार सम्मेलन आफूहरू एक ढिक्का रहेको सन्देश दिन गरिएको थियो।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनका लागि साझा उम्मेदवार दिने उद्घोष गर्दै भनेका थिए, ‘उम्मेदवार छान्ने विषयमा हामीबीच कुनै खटपट छैन। र, यो एकता अटुट रहन्छ।’

आफूहरूको तर्फबाट एकजनामात्र सभापतिका उम्मेदवार हुने उनले बताएका थिए।

महाधिवेशनमा सभापतिका लागि मात्रै नभएर पदाधिकारीमा समेत साझा उम्मेदवार दिने उद्घोष गरेको संस्थापनइतर समूहले अहिलेसम्म कुनै टुंगो लगाउन सकेको छैन।

बरू सानेपाको संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका पौडेल समूहका नेता कांग्रेस महामन्त्री शशांक कोइरालाले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन्।

दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पुगेर शशांकले उम्मेदवारी घोषणा गरेका हुन्। पौडेल समूहकै केन्द्रीय सदस्य कल्याण गुरुङ यसअघि नै सभापतिका लागि औपचारिक घोषणा गरिसकेका छन्।

इतर समूहका नेता पौडेलले महाधिवेशनमा साझा उम्मेदवारी दिने उद्घोष गरे पनि त्यो समूहमा लगभग आधा दर्जन आकांक्षी देखिएका छन्। समूहको बैठकमा आफूलाई सभापतिमा उभ्याउँदै उनले सहयोग गर्न आग्रह गरिरहेका छन्।

तर, पौडेलले सहयोग गर्न भनेका नेताहरू आफैं सभापतिको तयारीमा जुटेका छन्। पौडेलले सहयोग मागिरहेकामध्ये शशांकले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताहरू पनि पछि नहट्ने प्रष्ट संकेत दिएका छन्।

यसबाहेक पौडेल समूहबाटै अर्जुननरसिंह केसी र रामशरण महत पनि सभापति बन्ने दौडमा छन्।

समूहबाटै सभापतिका लागि थुप्रै आकांक्षी देखिएपछि सहमति जुटाउन त समस्या भएकै छ। साथै, आफ्नो उम्मेदवारीबारे पनि उनी ठोस निष्कर्षमा पुग्न सकिरहेका छैनन्।

समूहका नेताहरूले साथ नदिएको अवस्थामा पौडेलको उम्मेदवारी कमजोर साबित हुने कांग्रेस नेताहरूको विश्लेषण छ।

शनिबार गृह जिल्ला पुगेका महामन्त्री शशांकले सभापतिबाट ‘ब्याक’ नभएको घोषणा गरे।

सभापतिकै अर्का आकांक्षी पूर्वमहामन्त्री सिंह वर्तमान सभापति देउवालाई आफूले मात्र हराउनसक्ने भन्दै कुनै पनि हालतमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताउँदै आइरहेका छन्।

अर्को नेता शेखर पनि आफ्नो अडानमा कायमै छन्।

संस्थापनइतर समूहबाटै आकांक्षी बढी भएपछि साझा उम्मेदवार बनाउने विषय जटिल बनेको छ।

सभापतिका दाबेदार बढी भएपछि साझा उम्मेदवार टुंगो लगाउने काम जटिल बन्दै गएको वरिष्ठ नेता पौडेलनिकट एक केन्द्रीय सदस्यले बताए।

‘साझा उम्मदेवार भन्ने शब्द राम्रो सुनिन्छ। शब्द जति धेरै राम्रो छ, छान्न भने उत्तिकै कठिन,’ ती केन्द्रीय सदस्यले भने।

वरिष्ठ नेता पौडेलले महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गरे पनि सहमति जुटाउन भने कठिन देखिएको छ।

नेपाली कांग्रेसका अगुवा होमनाथ दाहालले पनि संस्थापनइतरबाट साझा उम्मेदवार आउने सम्भावना देखेका छैनन्।

संस्थापनइतरका शीर्ष नेताहरू आ–आफ्नै अडानमा कायम रहेकाले साझा उम्मेदवार आउने सम्भावना कम रहेको उनको भनाइ छ।

‘शशांकजीले घोषणा गरिसक्नुभएको छ। शेखर र प्रकाशजीले कुनै हालतमा छोड्दिन भनिसक्नुभएको छ,’ दाहाल भन्छन्, ‘साझा उम्मेदवार आउने सम्भावना मैले देखेको छैन।’

दाहालले भनेजस्तै साझा उम्मेदवार दिन सहमति नजुटे वरिष्ठ नेता पौडेलले के गर्लान त्यसको लागि कुर्नुपर्ने हुन्छ।

‘साझा उम्मेदवार आउने सम्भावना देखिँदैन। अब केवल रामचन्द्रजीले के गर्नुहुन्छ त्यो उहाँको आफ्नै निर्णय हो,’ उनी भन्छन्, ‘मेरो बुझाइअनुसार शेखर, शशांक र प्रकाशमानजी कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्नु हुन्छ।’

उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेपछि संस्थापन समूह कमजोर भएको इतरसमूहको विश्लेषण छ। वर्तमान सभापति शेरबहादुर देउवा र निधि दुवैजना सभापतिमा भिड्ने भएपछि संस्थापन समूहभित्रै संकट उत्पन्न भएको आंकलन गरेका इतर समूहका नेताहरू आफैं उम्मेदवारी दिन खोजेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।