सभामुखले बोलाएको बैठकमा ओली नजाने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


संसदको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन्।

सर्वदलीय बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ। बैठकमा ओली आफैं नगए पनि एमालेका प्रतिनिधि भने पठाइने सचिवालयले बतायो।

माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरिएको सूचना टाँस नगरेको भन्दै नेकपा एमाले सभामुखको विरोध गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ। सभामुखले पदीय मर्यादाविपरित सत्तारुढ गठबन्धनलाई सहयोग गरेको उसको आरोप छ।

सभामुखप्रति असन्तुष्टि जनाउँदै एमाले सांसदहरू प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै आइरहेका छन्। संसद सञ्चालनमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख सापकोटाले सोमबार दिउँसो २ बजे सर्वपक्षीय बैठक बोलाएका छन्।

सर्वदलीय बैठकमा उनले प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरलाई बोलाएका छन्। सभामुखले बोलाएको सर्वदलीय बैठक दिउँसो २ बजे प्रतिनिधिसभा भवनको ल्होत्से हलमा बस्दैछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत