कोरोना कहरकै बीच झापाका स्कुल खुल्ने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा। सात महिनादेखि बन्द रहेका झापाका शिक्षण संस्था बिस्तारै खुल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालयले भौतिक रुपमा नै विद्यार्थी उपस्थित गराएर पठनपाठन गर्न सक्ने सूचना जारी गरेपछि यहाँका विद्यालय खुल्ने भएका हुन्। यद्यपि, जिल्लामा कोरोना जोखिम कायमै रहेको छ।

कोरोना संक्रमणका कारण दैनिकजसो दुईजनाको मृत्यु भइरहेको छ। समग्रमा कोरोना संक्रमण दर १० प्रतिशतमा झरेको भएपनि झापामा यो दर उच्च नै छ।

झापामा आइतबार मात्रै दुई जनाको मृत्यु भएको छ। शनिबारको अवस्था पनि यो भन्दा भिन्न थिएन। आइतबार झापामा ३६६ जनाको परीक्षण हुँदा १०७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

तर, जिल्ला प्रशासन कार्यालय झापाले एकसाता अघि नै जारी गरेको सूचनामा सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधि अनुसार स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को समन्वयमा भौतिक रूपमा विद्यालयमा पठनपाठन गर्न सकिने उल्लेख छ।

जिल्ला प्रशासनले जारी गरेको सूचनाको बुँदा नम्बर १० मा ‘शैक्षिक संस्था( विद्यालय)ले भौतिक रुपमा पठनपाठन गर्न / गराउन नपाउने तर स्मार्ट लकडाउन कार्यविधि २०७८ मा उल्लेखित वस्तुगत सूचक तोकिएको स्कोरिङ तथा विश्लेषण गर्दा विद्यालय सञ्चालन गर्न सकिने अवस्था देखिएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा सम्बन्धीत स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यवस्थपन केन्द्र (डिसीसीएमसी) सँग समन्वय गरी पठनपाठन सञ्चालनको निर्णय गर्न सकिने’ लेखिएको छ।

जिल्ला प्रशासनको यो निर्णयसँगै झापाका अधिकांश विद्यालयमा विद्यार्थी उपस्थिति गराएरै पठनपाठन सुचारु हुने सम्भावना बढेको छ। अहिलेकै अवस्थामा भौतिक रूपमा पठनपाठन गराएमा समस्या जटिल हुने चिन्ता अभिभावक र विद्यार्थीले व्यक्त गरिरहेका छन्। कतिपय निजी विद्यालयले भौतिक रूपमा नै पठनपाठन सुरु समेत गरिसकेका छन्।

बिर्तामोडको यस्तो छ तयारी –

बिर्तामोड नगरपालिकाले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गर्न / गराउन नगर क्षेत्रका विद्यालयलाई अनुमति दिएको छ। नगरपालिकाको निर्णयपछि बिर्तामोडका निजी तथा सामुदायिक विद्यालय असोज ४ गतेदेखि खुल्ने भएका छन्। आइतबार (हिजो) बसेको नगर शिक्षा समितिको बैठकले पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न दिने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पूर्णरुपमा पालना गरी पठनपाठन सञ्चालन गर्न दिने निर्णय बैठकले गरेको शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए। जिल्ला प्रशासन कार्यालयले विद्यालय खोल्न सक्ने सूचना जारी गरेको ठिक एकसाता पछि बिर्तामोडले यस्तो निर्णय गरेको हो। बिर्तामोड जिल्लाकै सबैभन्दा बढी निजी विद्यालय भएको नगर हो। त्यसैगरी सामुदायिक तर्फ पनि देवी मावि , महेन्द्ररत्न, मोहनमाया, महेन्द्रज्योति मावि जिल्लाकै अधिक विद्यार्थी भएका विद्यालय हुन्। ठूलासाना गरी बिर्तामोडमा ७५ बढी शैक्षिक संस्था छन्।

यसैबीच मेचीनगर नगरपालिका क्षेत्रका निजी विद्यालयका सञ्चालकले भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर विद्यालय सञ्चालन गर्न पाउनु पर्ने माग नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।

आइतबार प्याब्सन र एनप्याब्सनले नगरप्रमुख विमल आचार्य र उपप्रमुख मिना उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रको बोधार्थ नगर शिक्षा शाखालाई समेत दिइएको छ।

लामो समयदेखि विद्यालय बन्द रहदा शैक्षिक गतिविधि अस्तव्यस्त बनेको, बैकल्पिक सिकाइ सहजीकरणमा आधाभन्दा बढी विद्यार्थी नसमेटिएको, अभिभावकहरुबाट समेत विद्यालय सञ्चालनमा दबाब आउन थालेको, विद्यालय बन्द हुँदा सयौं शिक्षकको रोजगारी संकटमा परेको र कोभिड संक्रमण घट्दो क्रममा रहेकाले विद्यालय सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरिएको छ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर विद्यालय सञ्चालन गर्न संस्थागत विद्यालयहरु प्रतिबद्ध रहेको समेत ज्ञापनपत्रमा लेखिएको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख आचार्यले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी विद्यालय सञ्चालनको प्रयत्न गर्ने आश्वासन दिएको ती संस्थाले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत