आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रंखला आज साेमबारबाट सुरु हुँदैछ। सोमबार नेपाल र अमेरिका भिड्दै छन्।  

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ। 

नेपाल र अमेरिका दुबै खेल जित्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपालले शृंखलाका चार खेल नै जिते छनोटको सम्भावना रहन्छ । त्यसैले नेपाली टोलीको ध्यान नै अमेरिका र ओमानलाई पराजित गर्दै तालिका सुधार गर्ने हुनेछ। 

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अमेरिकासँगको खेल सा्चेको  सजिलो नहुने बताएका छन्। उनले अंक तालिकाको दोस्रो स्थानमा रहेको टिमसँग खेल्न कठिन हुने बताए। नेपालले अन्तिम पटक अमेरिकालाई घरेलु मैदानमा पराजित गरेको थियो। 

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण श्रंखला खेलेको थियो। नेपालले दुबै श्रंखला आफ्नो पक्षमा पारेको थियो। 

लिग-२ को शृंखलामा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी उपलब्ध हुने छैनन्। खुट्टाको चोटका कारण उनले श्रंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

विश्वकप लिग-२ अंक तालिका

नेपालले ४ खेलमा २ जित र २ हार सहित ४ अंकका साथ छैटौ स्थानमा छ। ओमान १० खेलमा ८  जित र २ हारसहित १६ अंकका साथ शीर्ष स्थानमा छ। अमेरिका १२ खेलमा ६ जित र ६ हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ। 

नेपाली टोली 
ज्ञानेन्द्र मल्ल (कप्तान),  कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुसन भारी, शरद भेषवाकर, विक्रम शोव, पवन सर्राफ र रोहित कुमार। न्यूजकारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’