सभामुखले बोलाए सर्वदलीय बैठक- संसदमा एमालेका सांसदहरू किन नाराबाजी गरिरहेछन्?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


प्रतिपक्ष एमालेका सांसदहरूले निरन्तर संसद अवरूद्ध गर्न थालेपछि सभामुख अग्नीप्रासद सापकोटाले सर्वदलीय संवाद सुरू गरेका छन्।

भदौ २३ गतेदेखि सुरू भएको संसद अधिवेशनका ७ वटा बैठकहरूमा एमालेका सांसदहरूले नारबाजी र हुलदंगा गरेका छन्। बैठक अघि बढ्न नसकेपछि सभामुख सापकोटाले आज सबै दलहरूको बैठक बोलाएका हुन्।

उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आज दिउँसो २ बजे बस्नेछ।

बैठकका लागि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमिकपाका प्रेम सुवाल तथा राप्रपाका राजेन्द्र लिंदेनलगायतका नेता तथा पार्टी प्रमुखहरूलाई बोलाइएको छ।

विवाद के हो?

एमालेबाट अलग हुने बेला अध्यक्ष ओलीले माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पार्टीबाट कारबाही गरेर निष्काशन गरेका थिए। तर निर्वाचन आयोगले त्यो कारबाहीलाई स्विकार गरेन र उनीहरूलाई सांसदको मान्यता कायमै राखिदियो। त्यो बेलासम्म माधवकुमार नेपालहरूले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरिसकेका थिए।

ओलीले त्यसरी कारबाही गरेको सूचना सभामुखले टाँस पनि गरेनन्। अनि ओलीले सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेका छन्। त्यो मुद्दा विचाराधीन छ, किनारा लागिसकेको छैन।

र, यहीबीचमा राष्ट्रपतिले भदौ २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिन्। एमाले सांसदहरूले संसद अघि बढ्न नदिने रणनीति लिए र त्यो दिनदेखि संसद अवरूद्ध नै छ। एमालेका सांसदहरूले ‘संसदीय मर्यादा’ चाहियो भनिरहेका छन्। हुलदंगा गरिरहेका छन्।

एमालेले कारबाही गरेका ती सांसदहरूलाई संसदमा प्रवेश निषेध गर्न सभामुखलाई भनिरहेका छन्। तर निर्वाचन आयोगले पनि ओली(एमाले)ले गरेको कारबाहीको मान्यता नदिएको र त्यसपछि सर्वोच्चमा समेत मुद्दा विचाराधीन भएका कारण त्यसबारे छलफल गर्न नहुने तर्क सभामुखको छ।

तर पनि एमालेले मानिरहेको छैन। यो बीचमा संसदका कार्यसूचीहरू पनि प्रभावित भइरहेका छन्। ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संशोधन गर्नका लागि प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा पनि एमालेका सांसदहरूले रोके तर सभामुखले जवर्जस्ती बैठक चलाए। र संशोधित बजेट पनि आयो।

आइतबारको बैठक पनि प्रतिपक्ष एमालेका सांसदहरूको नाराबाजीका कारण अघि बढ्न सकेन। एकपटक १५ मिनेटका लागि बैठक स्थगित भयो। दोस्रो पटक पनि सभामुखले बैठक सुरू गर्दै गर्दा एमालेका सांसदहरूले नाराबाजी गर्न थाले अनि उनले २९ गतेसम्मका लागि बैठक स्थगित गरिदिए।

नाराबाजी गरिरहेका सांसदहरूलाई सभामुखले धेरैपटक सम्झाएका थिए। अनि सामूहिक संवाद र छलफल गर्न आफू तयार रहेको पनि बताएका थिए।

‘करोडौं जनताको प्रतिनिधित्व गर्ने यो थलोलाई मर्यादित बनाऔं’ सभामुखले उनीहरूलाई सम्झाउँदै भनेका थिए ‘समस्या समाधानका लागि म पनि आफ्नोतर्फबाट सहयोग गर्न तयार छु।’

त्यसअघि आइतबार बिहान संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले मर्यादित भएर विरोध प्रदर्शन गर्न आफ्ना सांसदहरूलाई आग्रह गरेका थिए।

‘मर्यादापालकको घेरा तोड्ने हाम्रो कुनै नीति छैन’ ओलीले भनेका थिए ‘कसैको काँधमा चढेर माथि चढ्नुपर्दैन बेलमा उभिएर नारा लगाउनबाहेक अरू केही गर्नपर्दैन।’

ओलीले ‘सभामुखलाई हान्ने वा टाउको फुटाउने’ जस्ता कुनै पनि योजना नभएको भन्दै जे पायो त्यही नबोल्न पनि सांसदहरूलाई सचेत गराए।

‘सम्बन्धित विषयमा मात्रै नारा लगाउने हो। तोकिएको स्थानबाटै नारा लगाऔं। त्यहाँ आफ्नो व्यक्तिगत सुर्‌याइँ देखाउने होइन’ ओलीले भनेका थिए ‘त्यस्तो माइकले हानेर टाउको फोड्ने भन्ने जे पायो त्यही मिडियामा नबोलौं। त्यस्तो केही छैन।’

गत शुक्रबार संसदमा उनीहरूले गरेको हुलदंगापछि एमालेकी एकजना सांसदले सभामुखको टाउको फोड्ने योजना भएको प्रतिक्रिया दिएपछि त्यसको व्यापक आलोचाना भएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु