के लिन आएकी थिइन्, के दिएर गइन् फतिमा?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं,

‘एमसिसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसक्यो,’ अमेरिका फर्कनुअघि आइतबार काठमाडौंमा पत्रकारहरूसँग एमसिसी उपाध्यक्ष फतिमा सुमारले भनिन्, ‘नेपालको संसदबाट सम्झौता अनुमोदन हुन ढिलो भयो।’

नेपालमा एमसिसी सम्झौताको विरोध भइरहेका बेला फतिमा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन्। फतिमासँगै उनको टोली नेपालमा पाइला टेकेसँगै विरोध प्रदर्शन थप तीव्र भयो।

तर, विरोध प्रदर्शनहरूको परवाह नगरी फतिमाको टोलीले राजनीतिक भेटघाटलाई प्रमुखता दियो।

यहाँ आएकै दिन उनको टोलीले बालकोट पुगेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्‍यो।

चार दिनको काठमाडौं बसाइमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दनशर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, लोतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरसँगको भेटवार्ताले पनि एमसिसी अनुमोदन गराउने उनको व्यग्रतालाई प्रष्ट पारेको छ।

संसदबाट एमसिसी अनुमोदनका लागि फतिमाले गरेको प्रयास भने सोचेजस्तो परिणामा पाउन सकेन। त्यसैले पत्रकार सम्मेलनमा उनी पटक–पटक एमसिसी परियोजनाबारे प्रष्ट्याउने प्रयास गरिरहेकी थिइन्।

‘एमसिसी कम्प्याक्ट एक परियोजनामात्र नभएर कानुनतः भएको एक सम्झौता हो,’ उनले भनिन्, ‘यसलाई तत्काल संसदबाट अनुमोदन गरे नेपाललाई फाइदा हुन्छ।’

एमसिसी अनुमोदनमा ढिलाइ नगर्न सुझाव दिँदै उनले अब धेरै समय नरहेको बताइन्। परियोजना लागू भए नेपालमा रोजगारीको अवसर सिर्जना हुने उनको भनाइ थियो।

‘अमेरिकाको जनताका तर्फबाट नेपाललाई उपहारस्वरूप यो अनुदान दिइएको हो,’ फतिमाले भनिन्, ‘यसले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ, ढुक्क हुनुस्।’

एमसिसीको पक्षमा राजनीतिक दलहरूलाई सकारात्मक बनाउने उद्देश्यका साथ यहाँ आइपुगेकी फतिमालाई निराशा नै हात लागेको छ। किनभने काठमाडौंको भेटघाटमा प्रधानमन्त्री देउवाबाहेक उनले अन्य कुनै नेताबाट एमसिसी तत्काल सदनबाट अनुमोदन हुने संकेत पाउन सकिनन्।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले आफूहरू सरकारमा छँदा एमसिसी अगाडि बढाउन चाहे पनि अब यो अहिलेको सरकारमा निर्भर रहेको जवाफ दिए।

यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाललगायतका नेताहरूले पनि सम्झौताबारे थप छलफलको आवश्यकता रहेको फतिमालाई सुनाएका थिए।

यद्यपि, उनले आफ्नो सबै भेटवार्ता सकारात्मक रहेको र यो अवसर नेपालले गुमाउन नहुने टिप्पणी गरेकी छन्। एमसिसीबारे उत्पन्न भएका गलत धारणालाई दूर्भाग्यपूर्ण बताउँदै फतिमाले अब अमेरिकाले धेरै पर्खन नसक्नेतर्फ पनि संकेत गरिन्।

‘एमसिसीबारे नेपालमा उत्पन्न भएका गलत धारणा दूर्भाग्यपूर्ण छ। यो सम्झौता आर्थिक विकाससँगमात्र सम्बन्धित छ। यो कुनै सुरक्षा रणनीतिको अंग होइन भनेर म प्रष्ट पार्न चाहन्छु,’ उनले भनिन्, ‘जतिसक्यो छिटो सम्झौता संसदबाट अनुमोदन होस् हामीले चाहेका छौं। अरू ढिलाइ भए अमेरिकालाई पर्खिन समस्या हुनसक्दछ।’

एमसिसी सम्झौता संसदबाट अनुमोदन नभए पनि नेपाल र अमेरिकाबीचको सम्बन्धमा असर नपर्ने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत