जापानमा मिराई लाइफले दियो २० नेपालीलाई कोरोना बिमा दाबी भुक्तानी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

जापानमा नेपाली तथा विदेशीका लागि सञ्चालन गरिएको मिराई लाइफ इन्स्योरेन्सले २० नेपालीलाई कोरोना सुविधा भुक्तानी गरेको छ।

मिराई लाइफका अनुसार जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली तथा विदेशीमा बढदो कोरोना संक्रमणमा परेकालाई सुविधा भुक्तानी गरिएको हो। गत अगस्टमा मात्र २० जनालाई कोरोना संक्रमण सहयोग रकम सुविधा भुक्तानी गरेको मिराई लाईफ जापानका निर्देशक कमल अधिकारीले बताए।

प्रतिव्यक्ति करिब ७० हजारदेखि २ लाख येनसम्म दाबी भुक्तानी गरिएको निर्देशक अधिकारीले जानकारी दिए। अगस्टमा मात्र मिराई लाइफले २४ लाख २० हजार येन भुक्तानी गरेको हो। आठजनाले बेसिकतर्फ ७ लाख ४० हजार तथा १२ जनाले प्रिमियम सुविधा १६ लाख ८० हजार येन भुक्तानी पाएका छन्। करिब एक वर्षयता जापानमा नेपाली तथा विदेशीका लागि स्वास्थ्य तथा जीवन बिमा सेवा सुरु भएयता करिब ३५ लाख येन दाबी भुक्तानी भएको जनाइको छ।

कम्पनीका अनुसार हालसम्म बिमा सुविधा दाबी गर्नेमा ८० प्रतिशत कोरोना संक्रमित छन् भने बाँकी अस्पताल भर्ना भएका तथा अप्रेसन गरेकाहरू छन्। यता सेप्टेम्बर लागेसँगै करिब नौजनाले कोरोना संक्रमण भएको जानकारी गराउँदै बिमा सुविधाका लागि दाबी गर्ने तयारी गरेका छन्।

मिराई लाइफले जापानमा सबैभन्दा धेरै खर्च हुने स्वास्थ्य जोखिम जस्तै अस्पताल भर्ना हुँदा दैनिक १० हजार (एक मान) येन, कुनै पनि अप्रेसनको ६० हजार (६ मान) येन तथा अस्पतालबाट डिस्चार्जपछि २० हजार (२ मान) येन सुविधा प्रदान गर्ने गरेको छ। यस्तै मृत्यु हुँदा २० लाख (२ सय मान) येन परिवारलाई प्रदान गर्ने सुविधा राखेको छ। त्यस्तै कोरोना संक्रमितका लागि पनि अस्पतालमा भर्ना भएसरहको सुविधा प्रदान गर्ने गरेको छ।

‘जापानमा ‘कसैको नाममा चन्दा संकलन गर्नुपर्दैन अभियान’

यसैबीच मिराई लाइफ इन्स्योरेन्सले जापानमा रहने कसैको नाममा चन्दा उठाउनु नपर्ने सुविधा ल्याउने भएको छ।

लामो समय अस्पताल भर्ना हुनुपर्दा तथा मृत्यु हुँदा जापानमा चन्दा रकम संकलन गरेर सहयोग गर्ने परिपाटी अन्त्य गर्ने योजनाअनुसार ‘अब तपार्इंको नाममा चन्दा रकम संकलन गर्नुपर्दैन अभियान’ सुरु गर्न लागेको छ।

मिराई लाइफका व्यवस्थापक ऋद्धिबहादुर तुम्बाहाङ्फेका अनुसार जापानवासी नेपालीको मृत्यु हुँदा आर्थिक बिमा सुविधा पाइने बिमा तथा कोरोनाजस्ता महामारीका समयमा पाइने सुविधासहितको बिमा गर्न आग्रह गरिएको छ। विभिन्न माध्यममार्फत जापानवासी नेपाली तथा अन्य विदेशीका लागि यस्तो सुविधा उपलब्ध गराइएको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु