नेपालमा ‘फोरजी’ प्रयोगकर्ता करिब १ करोड पुगे


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – पछिल्लो समय फोरजी प्रयोगकर्ताको संख्या वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्यांकअनुसार फोरजी प्रयोकर्ता बढ्दै गएको देखाइएको छ।

गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्। प्राधिकरणको तथ्यांकअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब १ करोडको नजिक पुगेको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरी तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै आएका छन्।

टेलिकमका ४७ लाख ४४ हजार प्रयोगकर्ता छन्। गत जेठमा २७ लाख ७ हजार ४२९ प्रयोगकर्ता रहेका थिए। एक महिनामा मात्र १९ लाख ७३ हजार बढी फोरजीका प्रयोगकर्ता थपिएका छन्। एक वर्षमा एनसेलका फोरजी ग्राहक ५० लाख ४२ हजार बढी छन्। गत जेठमा ४८ लाख ५ हजार प्रयोगकर्ता रहेका थिए।

स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता १ लाख ६६ हजार छन्। गत जेठमा १ लाख ५१ हजार ७१५ जना प्रयोगकर्ता रहेका थिए। स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन्। तीन सेवा प्रदायकसँग ९९ लाख ५४ हजार ११९ फोजरीका प्रयोगकर्ता थपिएका छन्। गत जेठमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६४ हजार ४५९ थिए। एक महिनामा तीन सेवा प्रदायकका २२ लाख ८९ हजार ६६० प्रयोगकर्ता थपिएका छन्।

इन्टरनेट पहुँच

नेपालमा १०२ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ। प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११-२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।

प्राधिकरणको तथ्यांकअनुसार असारसम्म ३ करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत जेठमा २ करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो। उक्त तथ्यांकअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। असारसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६.३ प्रतिशत छ। १ करोड २८ लाख ९४ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको १ करोड ४ लाख र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ।

फिक्स ब्रोडब्याण्डको हिस्सा २५.६६ प्रतिशत रहेको छ। यसमा एडिएसएलका ७ लाख २८५ हजार र एफटिटिएच इन्टरनेटका ७ लाख २७ हजार बढी रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत