नेपाली टोलीको लिग-२ का लागि तयारी पूरा, खेल सुरु हुन एक दिनअघि यस्तो रह्यो अभ्यास (तस्बिरहरु)


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – सोमबारबाट सुरु हुने आइसिसी विश्वकप लिग-२ का लागि नेपाली टोलीले आफ्नो सम्पूर्ण तयारी लगभग पूरा गरेको छ। उसले ओमानमा लामो समय विताएको छ भने प्रतियोगिता सुरु हुनु केही दिनअघिमात्र पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेलसमेत खेलेको छ। दुवै खेलमा नेपाल विजयी पनि भयो। यसले टोलीको मनौबल उच्च बनाएको छ।

पहिलो खेलमा २ विकेटले विजयी भएको नेपाल दोस्रो खेलमा १५१ रनले विजयी भयो। लिग-२ को यस त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र घरेलु टोली ओमानबीच खेल हुनेछ।

भदौ ८ गते नै ओमान पुगेको नेपाली टोलीले यसपटक राम्रो अभ्यास पनि पाएको छ भने चाँडै गएर ओमानको मौसमसँग पनि परिचित भएको छ। यसले पक्कै पनि टोलीमा सकरात्मक प्रभाव पर्नेछ। तर, प्रतियोगिता सुरु हुनै लाग्दा नेपालका लागि दुखद खबर पनि छ। नेपाली टोलीका उपकप्तान तथा भरपर्दा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले सिरिज गुमाउने भएका छन्। अभ्यासका क्रममा एंकलमा चोट लागेपछि उनले कम्तिमा दुई साता आराम गर्नुपर्ने भएको छ।

नेपालको खेल

भदौ २८ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

भदौ २९ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

अजोस १ : नेपालविरुद्ध अमेरिका, दिउँसो ४:१५

असोज ३ : नेपालविरुद्ध ओमान, दिउँसो ४:१५

नेपालको टोली

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

अभ्यासका केही तस्बिर


प्रतिक्रिया दिनुहोस्
थप समाचार
साहस ऊर्जा लिमिटेडको आइपिओ बुधबारदेखि

काठमाडौं । साहस ऊर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अंकित

काेराेनाबाट मृत्यु हुनेकाे संख्या एक अंकमा झर्‍याे

पछिल्लो २४ घन्टामा १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार

सेयर बजारमा तीव्र उतारचढाव, झिनो अंकले बढेर २७ सयमाथि उक्लियो…

काठमाडौं । साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक सामान्य अंकले बढेर

हस्तकलाको आवरणमा चरेस तस्करी, दिल्लीदेखि हङकङसम्मको कनेक्सन

लागूऔषध नियन्त्रण ब्यूरोले हस्तकलाको सामानभित्र चरेस राखेर ओसारपसार गर्ने ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन