संसदको बैठक स्थगित, संवाद गर्न सभामुखको आग्रह


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


प्रतिपक्ष एमालेका सांसदहरूले संसदमा नारबाजी गर्न नछोडेपछि सभामुखले आजको बैठकमा स्थगित गरेका छन्।

आइतबार संसदको बैठक सुरू हुनुअघि एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सांसदहरूलाई संसदीय दलकाे बैठकमा मर्यादित भएर विरोध प्रदर्शन गर्न अनुरोध गरेका थिए।

सभामुख सापकोटाले सांसदहरूलाई ‘संसदीय मर्यादा’ कायम गर्ने जिम्मेवारी सम्झाएका छन्।

‘संसदको मर्यादा कायम गर्ने दायित्व हामी सबैको हो’ आइतबारको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि उनले भने ‘सभामुखले प्रतिनिधिसभाका मूल्य र मान्यताअनुसार नै काम गर्ने हो।’

एमाले सांसदहरूले ‘संसददीय मर्यादा कायम गर’ ‘गैर सांसदहरूलाई प्रवेश निषेध गर’ भन्ने नारा लगाइरहेका छन्।

‘करोडौं जनताको प्रतिनिधित्व गर्ने यो थलोलाई मर्यादित बनाऔं’ सभामुखले उनीहरूलाई सम्झाउँदै भनेका छन् ‘समस्या समाधानका लागि म पनि आफ्नोतर्फबाट सहयोग गर्न तयार छु।’

दोस्रोपटक सुरू भएको बैठकमा नेकपा एमाले सांसदहरूले फेरि नाराबाजी सुरू गरेको छ।

उनले संवादबाटै अघि बढ्न पनि आग्रह गरे। ‘संवाद सहकार्य र सहमति नै अन्तिम हो’ उनले भने ‘त्यसका लागि वातावरण बनाउन र संवादबाट सबै समस्या समाधानका लागि म हार्दिक अनुरोध गर्दछु।’

आईतबारको बैठकमा पनि उनीहरूले बैठक अवरूद्ध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

दोस्रोपटकको बैठकमा पनि उनीहरूले नारबाजी गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु