डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको ठहर, स्वास्थ्य मन्त्रालयले भन्यो– कानुन अनुसार कारवाही हुन्छ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई अधिकांस माग पुरा भएको भन्दै सरकारले सेवा सुचारू गर्न अनुरोध गरेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा देखिएका विवाद समाधानका लागि आन्दोलनरत चिकित्सकका अधिकांश माग सम्बोधन भइसकेको जनाएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धिकरण अभियान–२०७८ संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो। तर, माग कार्यान्वयन नभएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मीले ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

आन्दोलनरत चिकित्सकलाई सम्बोधन गर्दै समस्या समधान भएको र हुन बाँकी रहेका ८ बुँदा जारी गर्दै मन्त्रालयले आइतबार अब नियमित काममा फर्कन आग्रह गरेको छ।

‘आन्दोलन पक्षले उठान गरेका मागहरू धेरै हदसम्म सम्बोधन भइसकेका र कतिपय सम्बोधन कै रहेको छ। कोभिड–१९ संक्रमण महामारीको अवस्थामा बिरामी र विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्ने एवम् स्वास्थ्य सेवा अवरुद्ध हुने खालका आन्दोलनको कार्यक्रम फिर्ता लिँदै काममा फर्किन अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सहमति कार्यान्वयन गर्न २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरि कुलपति समक्ष पेस गरिसकेको र चाडैं नै उपयुक्त समयमा प्रक्रिया अनुसार छानबिन गरि पदाधिकारी कारवाही गर्ने प्रयास सिनेटबाटै अघि बढाइने मन्त्रालयले जनाएको छ।

यस्तै चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजानिक गर्न प्रयास गरिने मन्त्रालयले जनाएको छ।

अख्तियारले प्रतिष्ठानमा भएका भष्टचारको छानबिन गर्न सबै काम लिइसकेको र छानविन भइरहेको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, उपकलुपति प्राध्यापक भएको भन्ने प्रमाण पास नभएकाले प्रचलित कानुन बमोजिम प्रक्रिया सुरू भएको विज्ञप्तिमा जनाइएको छ। बीपीका उपकुपति डा. ज्ञानेन्द्र गिरीले किर्ते प्रमाण बनाई काम गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ