नेपाली वैज्ञानिकको टोलीले पत्ता लगायो इबोला भाइरसको म्यूटेसन देखिने कारण


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भाइरस संक्रमण समय सँगै म्यूटेसन देखा पर्दछन् र नयाँ नयाँ भेरियन्टको उत्पन्न हुन्छ। अतिनै जघन्य मानिएको इबोला भाइरसमा पनि पछिल्लो महामारीमा थुप्रै नयाँ म्यूटेसन देखा परेका थिए। केही यस्ता म्युटेसन ले भाइरस लाई थप घातक बनाउने गर्छन।

विगतमा इबोला भाइरसमा यसरी देखा परेका नयाँ नयाँ म्यूटेसनको केही अध्ययन भए पनि यस्तो म्यूटेसन उत्पन्न हुने प्रक्रिया र विशेष गरी प्रोटीनमा नदेखिने म्यूटेसनकाे प्रभावको बारेमा थाहा हुन सकेको थिएन।

हाल अमेरिकाको मेयो क्लिनिकमा कार्यरत नेपाली वैज्ञानिक डा. सुदिप खड्काको अगुवाइमा उनी पहिले कार्यरत जर्जिया स्टेटको इन्स्टिच्युट अफ बायोमेडिकल साइन्समा गरिएको अध्ययनले यस्तो म्यूटेसन शरीरको प्रतिरोध क्षमताले गर्दा गराउन सक्ने देखाएको छ।

इबोला भाइरसले शरीरको प्रतिरोधी क्षमतालाई उल्टो आफ्नो हितमा प्रयोजन गर्न सक्ने सोही अध्ययनले खुलाएको छ। सोही अध्ययनले यस्ता म्यूटेसनले गर्दा इबोला भाइरसको प्रोटीन उत्पादनमा वृद्धि हुने र जैविक तत्वलाई शरीरले सशक्त रूपमा पहिचान गर्न नसकी भाइरस लुक्न मद्दत गर्ने पनि देखाएको छ।

उनको यो शोधपत्र भाइरोलोजी सम्बन्धी शोध प्रकाशित गर्ने प्रतिष्ठित जर्नल अफ भाईरोलोजिमा प्रकाशित भएको छ। उक्त जर्नलले यस खोज लाई ’विशेष महत्वको अनुसन्धान’को संज्ञा दिँदै उच्च प्राथमिकताका साथ प्रकाशित गरेको छ।

यस अनुसन्धानले इबोला भाइरस संक्रमण सम्बन्धी नयाँ आयाम थपेको छ भने यस्तै प्रक्रिया कोरोना जस्ता अन्य आरएनए भाइरसले समेत अपनाउन सक्ने हुँदा भाइरसको नयाँ भेरियन्ट उत्पादन प्रक्रिया उजागर गर्न थप मद्दत पुग्ने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत