रहेनन् कम्युनिष्टका ‘आदर्श नेता’ गोन्जालो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान (गोन्जाल) को निधन भएको छ। उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालिन सरकारले पक्राउ गरी आजिबन काराबासको सजाय सुनाएको थियो। यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो।  

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो। गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो। समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन्। 

को हुन गोन्जालो ?
विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए।

सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो। दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो। एक दशक लामो युद्धमा ७० हजारको मृत्यु भएको थियो।

सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाय सुनाएको थियो। उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो। अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ।  

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो। साइनिङ पथले  सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो।   

पाशविक द्धन्द्ध सुरु 
१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो। साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन् कतिपय क्षेत्रमा विथोल्ने प्रयास गर्‌यो। कम्युनिष्ट राज्य स्थापना गर्नु सो समूहको उदेश्य थियो। तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचप्रति खासै चासो देखाएन। बरु पेरुका ग्रामिण क्षेत्रलाई कब्जा गरी आफ्नो शासन चलायो र आफ्ना बिरोधीको  हत्या गर्न थाल्यो। शृंखलाबद्ध बिस्फोट र हत्याका घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुडाँ टेकेको थियो। तर, १९९२ गोन्जालोको पक्राउपछि समूह कमजोर बनेको थियो।  न्यूजकारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत