‘एसिड फ्लाई’ किराको टोकाइबाट हैरान भैरहवाका स्थानीय


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – तराई क्षेत्रमा ‘एसिड फ्लाई’ नामक किराले आक्रान्त मच्चाइरहेको छ। उक्त किराले टोकेर उपचारका लागि अस्पताल धाउने मानिसको संख्या बढीरहेको छ।

युनिभर्सिटी कलेज अफ मेडिकल साइन्स भैरहवामा अध्ययन गर्न आएका विद्यार्थी तथा त्यहाँ वरपर बसोबास गर्ने स्थानीय किराको टोकाइबाट पीडित भएका छन्।

वैज्ञानिक नाम ‘पेडिरस एसपी’ रहेको किरा झाड तथा प्रदुषित पानीबाट उत्पन्न हुने र त्यहाँ बस्ने गर्दछ। उक्त किरा साँझ घाम डुबेपछि सक्रिय हुने र बत्तीको उज्यालोले आकर्षित हुने गर्दछ।

के गर्छ यो किराले?

यो किराले टोकेर छालामा विषालु चिज छोड्छ जसले गर्दा छाला सुन्निने, रातो हुने, चिलाउन र २४ देखि ४८ घण्टामा पानी जस्तो फोका उठ्न थाल्छ। यो किरालाई बिटल ब्रिस्टल पनि भनिन्छ। यो किरा मारे पनि यसले विष निकाल्दछ। यसलाई चलाउनेबित्तिकै क्यान्थादिन नामक विष छर्दछ।

क्यान्थादिन विष यति धेरै विषालु हुन्छ कि यो मुखमा पर्यो वा खाइयो भने यसले ग्यास्ट्रोइन्टेस्टिइनल ट्रयाक्ट र मृगौला खराब गर्न सक्छ। विश्वभर नै खेतमा काम गर्ने किसानहरु यसको सिकार हुन्छन् भने नेपालमा पनि मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई धेरै असर गरेको पाइन्छ।

उपचार

-किराले टोकेको ठाउँमा साबुनपानीले मज्जाले पखाल्ने
-टोकेको ठाउँमा ‘टिन्चर आयोडिन’ औषधी राख्दा विष केही हदसम्म जान्छ।
-टोपिकल स्टेरोइड मलम लगाउँदा बिस्तारै टोकेको ठाउँमा फोका सुक्दै जान्छ। ७ देखि १० दिनसम्म यस्तो दाग रहन्छ।
-धेरै चिलाए एन्टिहिस्टामाइन्स लगाउन सकिन्छ।

कसरी जोगिने?

यो किरा निकै सानो र मसिनो हुने भएकाले लामखुट्टेबाट जोगिन राखेको झुलभित्र पनि पस्न सक्छ। त्यस्तै, यो प्रकाशप्रेमी भएका कारण बत्ती बालेको ठाउँहरुमा आउन सक्छ। यसबाट जोगिन यी केही उपायहरु अवलम्बन गर्न सकिन्छ-

१. यो किरा आएको ठाउँमा ‘स्प्रे’ छर्कने
२. घाम जानेबित्तिकै वा अध्यारो हुन थालेपछि झ्याल ढोकाहरु बन्द गर्ने। यो किरा घाम डुबेको एक घण्टामा सक्रिय हुन थाल्छ। सकेसम्म किराको सम्पर्कमा नजाने
३. किरा छिर्न नमिल्ने खालको झुल लगाउने
४. मनसुनको समयमा किरा धेरै हुने ठाउँहरुमा सिधै बत्तिको मुनि सकेसम्म नबस्ने
५. राति बत्ती निभाए पनि बत्तीको सिधै मुनि नसुत्ने
६. किरा मार्ने तथा समात्ने प्रविधि प्रयोग गर्ने
७. घ्युकुमारी र नरिवलको तेल लगाउने
८ झाडी तथा पानी भएको ठाउँहरु सफा राख्ने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।