भक्तपुरका ६ शिक्षक-शिक्षिका सम्मानित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर – भक्तपुरका ६ जना शिक्षक-शिक्षिका सम्मानित भएका छन्। सेवानिवृत्त भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिं र शिक्षिका शारदा कर्माचार्य सम्मानित भएका हुन्।

सेवानिवृत्त शिक्षक समाज भक्तपुरको शनिबार भएको दोस्रो वार्षिक साधारणसभामा उनीहरु सम्मानित भएका हुन्। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र तथा दोसल्ला ओढाइ उनीहरुलाई सम्मान गरे।

कार्यक्रममा प्रमुख प्रजापतिले जीवनभर शिक्षण पेशामा लागेका शिक्षकहरु ज्ञान र शीपका गहना भएको भन्दै उनीहरुले आफ्नो ज्ञान र शीप निवृत्त भएपछि पनि देश र जनताका लागि समर्पित गर्नुमा जोड दिए। समाजका अध्यक्ष नाति कवां, सचिव रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवा, बालमुकुन्द बासुकला, लक्ष्मीनारायण दुवाल, वागिश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छालगायतले आफूहरु अहिले पनि सक्षम भएको भन्दै सक्षम भएसम्म आफूहरु सक्रिय रहने बताए।

‘हामी अझै सक्षम छौं’, भन्ने नाराका साथ दुई वर्ष अगाडि समाजको स्थापना गरिएको हो। साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ।

No description available.
No description available.
No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ