अर्थमन्त्रीलाई भेटेर एमसिसी उपाध्यक्षले भनिन् : संसदबाट चाँडो अनुमोदन गरेर कार्यान्वयनमा लैजानुस्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गरेकी छन्। अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आयोजनाको समग्र पक्षकाबारेमा छलफल भएको थियो।

भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको बताएकी थिइन्। अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनीतिकस्तरमा छलफल भइरहेको छ।’ सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई सीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन्।

उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार भेटवार्ता गरेको थियो। यस्तै टोलीले बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) का शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

छलफलका क्रममा अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन्। एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ। ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ। नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिजी पे टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो सेमिफाइनल…

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ का दुई सेमिफाइनलमध्ये पहिलो

स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह