संखुवासभा हत्याकाण्डका आरोपितको बयान : हेपाहा व्यवहार गर्थे, मारिदिएँ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको हो। उनी हत्या गरिएका परिवारका नातेदारसमेत हुन्।

पक्राउ परेका उनीबारे थप अनुसन्धानपछि आइतबार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गर्न तालिम प्राप्त दुईवटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली मादी पुगेको थियो।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड पनि भेटिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको घरमा रहेको सर्टमा रगत लागेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षण गरिँदै छ।

गत सोमबार तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको शव फेला परेको थियो। तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो। तेजबहादुरका बुवा भने घाइते भएका थिए। हाल उनी सकुशल रहेका प्रहरीले जनाएको छ।

तर, प्रहरी स्रोतकाअनुसार कार्कीले अपराध स्वीकार गरिसकेका छन्। उनले व्यक्तिगत रिसइबीका कारण नै तेजबहादुरको हत्या गरेको बताएका हुन्। तेजबहादुरको मात्र हत्या गर्ने योजना रहे पनि घरका अरु सदस्यले पनि घटना देखेपछि बाध्य भएर सबैको हत्या गर्नु परेको उनले बताएका छन्।

कार्कीले नै सबै ६ जनाको हत्या गरेको स्वीकार गरेका प्रहरी स्रोतले जानकारी दिएको छ। तेजबहादुर नातामा उनका ठूलाबुवा पर्छन्। ठूलोबुवाले आफूहरुलाई पटकपटक हेपेर बोली-व्यवहार गरेकोले ज्यान लिएको कार्कीले स्वीकार गरेका हुन्।

गत चैत २६ गते लोकबहादुरकी आमाको मृत्यु भएको थियो। उनी तेजबहादुरको घरमा लडेर बेहोस भएकी थिइन्। उपचारको क्रममा झापामा उनकी आमाको मृत्यु भएको थियो। लोकबहादुरले आमाको मृत्युको कारण पनि तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए।

आमा बितेपछि बुवा र भाइसहित तीनजनाको परिवारमा लोकबहादुर बस्दै आएका थिए । लोकबहादुरको बानी बेहोरा पनि ठीक नभएको छिमेकीले बताउँदै आएका छन्। उनी कामका लागि मलेसिया र कतार गए पनि वर्षदिन नपुग्दै फर्किएका थिए। गाउँमा पनि कहिल्यै राति घरमा नआउने, राति नै घरबाट हराउने, गाउँका लफङ्गा केटाहरुसँग हिँड्ने उनको बानी थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ