‘सभामुखले प्रतिपक्षलाई फकाउन नसके संसद नै नरहनसक्छ’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अवरोधका बीच शुक्रबार प्रतिनिधिसभाको बैठक बस्यो। सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित बनेका एमाले सांसदहरू बैठक सुरू हुनासाथ नाराबाजीमा उत्रिए।

तीनपटक बैठक स्थगित पनि भयो। तर, नाराबाजीकै बीच स्थगित बैठकलाई सभामुखले सुचारू गराइराखे।

हुनत शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल एमालले अवरोध गर्ने अपेक्षित नै थियो। किनभने पार्टीले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस गरिदिएनन्। र, माधवकुमार नेपालहरूले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) खोल्ने मौका पाए।

सभामुख सापकोटाले कारबाहीको सूचना टाँस गरिदिएको भए नेपालहरूको सांसद पद गुमेर दलविहीनको अवस्थामा पुगिसकेका हुन्थे।

लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षीको विरोध स्वभाविकै हो। तर, बैठकमा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो। मर्यादापालकले एमाले सांसदहरूलाई रोष्ट्रममा पुग्न नदिन हातले छेकिरहेका थिए। एमालेका सांसदहरू पनि हातहात, काँधकाँधमा चढेर रोष्ट्रमसम्म पुग्न प्रयास गरिरहे।

नाराबाजी गरिरहेकी रेखा झाले गृहमन्त्री बालकृष्ण खाँण बसेको टेबुलको माइक तानेर रोष्ट्रमतिर हान्न खोजेकी थिइन्। तर, एमालेकै अरू सांसदले उनलाई रोके।

खाँण बसेको टेबुलको माइक झिकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवालगायत केहीको टेबुलमा रहेको माइक सांसदले झिकेर आफैं लुकाए। यहाँसम्म कि, विधेयक प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मा दौडेर रोष्ट्रमसम्म पुगेका थिए।

सदन गतिशील बनाउन सत्तापक्ष र प्रतिपक्षबीचको सहमति जरूरी हुन्छ। तर, सदन सञ्चालनबारे सत्तापक्ष र प्रतिपक्षबीच समन्वय नहुँदा मुठभेडको अवस्था सिर्जना भयो, शुक्रबारको बैठकमा।

सदनमा सत्तापक्ष र विपक्षबीच विमतिका कुरा देखिए सभामुखले मध्यस्थता गरेर वातावरणलाई सहज बनाउनुपर्ने पूर्वसभामुख दमननाथ ढुंगाना बताउँछन्।

‘सरकारले आफ्नो काम गर्छ, प्रतिपक्षी दलले विरोध गरिरहन्छ,’ ढुंगाना भन्छन्, ‘सदन सञ्चालनको वातावरण बनाउन सभामुखले बसेर ‘सेटल’ गर्नुपर्ने हुन्छ।’

पूर्वसभामुख ढुंगानाले सभामुखले मध्यस्थता गरेर वातावरणलाई सहज बनाउनुपर्ने बताइरहँदा एमालेका प्रमुख सचेतक विशाल भट्टराई सापकोटाले संसदीय मूल्य मान्यताको उल्लंघन गरेको आरोप लगाएका छन्।

आफूहरूको विरोधका बीच सभामुखले बलपूर्वक सदन चलाएको उनको भनाइ छ। प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद सभामुखले यसरी सदन चलाउनु उनको गुरिल्लापनको प्रमाण रहेको भट्टराई बताउँछन्।

पूर्वसभामुख ढुंगाना विपक्षी दलको विरोधका बीच सरकारले विधेयक पेश गर्दा ‘कनफ्रन्टेसन’ निम्तिने बताउँछन्।

‘अपोजिसनले यदि विरोध गरिरहेको छ भने सरकारले विधेयक पेश नगर्नुपर्ने हो,’ उनी भन्छन्, ‘सरकारले अपोजिसनसँग कुरा गर्नुपर्छ।जबरजस्ती गर्दा कन्फ्रन्टेसन निम्त्याउँछ। पेश गर्न नपाउने हो तर, अपोजिसनसँग सभामुखले कुरा गरेर बाधा नपुर्‍याउन भन्नुपर्छ।’

मध्यस्थता गराउने सभामुखमाथि नै प्रश्न उठिरहेकोले अहिलेको जटिलता उत्पन्न भएको ढुंगानाले बताए।

‘मध्यस्थता गराउने व्यक्ति नै सभामुख हो। यो काम सदनमा हुँदैन। अनौपचारिक रूपमा गर्नुपर्छ,’ उनले भने, ‘अनौपचारिक छलफल गरेर सदनमा विरोध नगर्ने सल्लाह गर्नुपर्छ।’

प्रतिपक्षले नमानेर विरोध गरिरहँदा विधेयक पेश गर्न सरकारसामू बाध्यात्मक अवस्था आउनसक्ने उनले बताए।

‘मध्यस्थता गरिदिने मान्छे भएन र सरगर्मी बढिरहे सरकारले आफ्नो काम गरिरहन्छ, विपक्षीले विरोध पनि गरिरहन्छ,’ ढुंगाना भन्छन्, ‘मध्यस्थता गराउने मान्छे नभए राजनीतिक मुठभेडको जोखिम हुन्छ।’

यस्ता मुठभेडले संसदको कार्यकाल छोट्याउन सक्ने ढुंगानाले बताए।

सदन सञ्चालनमा अवरोध भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद भंग गरे। अहिले सरकारमा रहेका दलहरूको विरोध र अदालती लडाइँपछि प्रतिनिधिसभा ब्युँतिएको छ। प्रतिपक्षी दलले सदन सञ्चालनमा बाधा पुर्‍याइरहे त्यही बहानामा फेरि संसद भंग हुनसक्ने सम्भावना जीवितै छ।

पूर्वसभामुख ढुंगाना पनि प्रतिपक्षकै विरोधका कारण सदन अवरूद्ध भइरहे प्रतिनिधिसभा भंग हुनसक्ने जोखिम रहेको बताउँछन्।

‘प्रतिपक्षी दलले लगातार सदन अवरूद्ध गरिरहे शेरबहादुरजीको कार्यकाललाई छोट्याउन सक्छ। तर, अहिले संसद भंग गर्ने स्थिति मुलुकमा छैन,’ उनी भन्छन्, ‘दुई चोटी विघटन भएर जोगिएको सदन छ। यसले प्रधानमन्त्रीलाई फेरि विघटन गराउन बाध्य गराउँछ, प्रतिपक्षले पनि बुझिदिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।