सम्झनामा सेप्टेम्बर ११

अमेरिकी ‘टावर’ ढलेको त्यो दिन र विश्वले सिकेको पाठ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


करिब २० वर्षअघि विश्वको एउटा सबैभन्द अग्लो भवन दनदनी बलिरहेको थियो। त्यो दिन थियो सन् २००१को सेप्टेम्बर ११। आतंकवादीहरूले अपहरण गरेका ठूला बिमानहरू अमेरिकाको ट्विन टावरमा ठोक्काइएका थिए। जसमा हज्जारौं मानिसले ज्यान गुमाए।

२० वर्षअघिको त्यो त्रासदीपूर्ण दिन अमेरिकामात्रै होइन सारा विश्वका लागि एउटा निकै पीडापूर्ण घडी थियो। जसमा करिब ७७ भन्दा धेरै देशका हजारौं मानिसको ज्यान गएको थियो।

संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए।

त्यसपछि तीनलाई “नियन्त्रित क्षेप्यास्त्र’का रूपमा न्यूयोर्क र वाशिङ्टनका भवनहरूमा ठोक्काइएको थियो।

दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए।

तेस्रो बिमानले अमेरिकाको राजधानी वासिङ्गटन डिसीभन्दा केही पर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टागनमा ठोक्काउने प्रयास गरिएको थियो।

यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनीआको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। अपहरणकारीहरूले उक्त विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेका थिए।

यी सबै घटनाहरूमा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाए। तीमध्ये अधिकांश न्यूयोर्कमा मारिएका थिए। सबैभन्दा कम उमेरमा ज्यान गुमाउने दुई वर्षका क्रिस्टिन ली हेन्सन थिए। आफ्ना बुवा पिटर र आमा सुसँगै एउटा विमानमा उनको ज्यान गयो।

सबैभन्दा ज्येष्ठ ८२ वर्षका रोबर्ट नोर्टन थिए। उनी पत्नी ज्याक्लिनसँगै विवाहका लागि जाँदै थिए। पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७,४०० जना उक्त टावरभित्र रहेको बताइन्छ।

नोर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन् भने साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए।

आक्रमणकारी

इस्लामिक आतंककारी संगठन अल-कायदाले अफगानिस्तानबाट त्यो व्यापक नरसंहारको योजना बनाएको थियो। ओसामा बिन लादेनको नेतृत्वको अल-कायदाले मुस्लिम देशहरूमा भएका द्वन्द्वमा अमेरिका र उसका साझेदारलाई दुश्मन ठान्थ्यो।

घटनापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले अन्तर्राष्ट्रिय सैनिक गठबन्धनको साथ लिएर अल-कायदालाई उन्मूलन गर्न र बिन लादेनलाई मार्नका लागि अफगानिस्तानमा आक्रमण गरे। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय भेट्नै सकेनन्।

त्यसको दश वर्षपछि २०११ मा पाकिस्तानमा लुकिबसेका लादेनलाई अमेरिकी सेनाले मारिदिए।

अल-कायदा अझै पनि अस्तित्वमा छ। दुई दशको युद्ध सकिएको घोषणा गर्दै यसै वर्षमात्रै अमेरिकी सैनिकले अफगानिस्तान छोडेको छ। योसँगै अहिले अफगानिस्तान त्यहाँको एउटा विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएको छ।

अमेरिकी सेना त्यहाँ नजाँदै पनि कट्टर इस्लामिक विद्रोही समूह तालिबान त्यहाँ सत्तामै थियो। तर लादेनलाई सुम्पिन उसले इन्कार गर्‌यो। अमेरिकाले तालिबानले नै उनलाई लुकाएको आरोप लगाएको थियो।

विश्वले सिकेको पाठ

सेप्टेम्बर ११को त्यो निकै त्रासदीपूर्ण घटनाले संसारभरि नै हवाइ सुरक्षामा व्यापक परिवर्तन ल्याइदियो। अमेरिकाले त त्यसका लागि एउटा छुट्टै निकाय नै बनायो। विमान र विमानस्थलमा सुरक्षालाई बलियो पार्नका लागि उसले बनाएको एउटा निकायलाई ‘ट्रान्सपोर्टेशन सेक्युरिटी एड्मिनिस्ट्रेशन’ भनिन्छ।

दुईवटा टावर ढलेको स्थानमा अहिले स्मारक र संग्राहलय बनाइएको छ। र नयाँ डिजाइनमा भवनहरू बनाइएका छन्।

यो घटनाबाट विश्वका सबै शक्ति राष्ट्रहरू नै ‘आतंकवाद’ उन्मुलनको मुद्दामा एक भए। कुनै पनि देशमा आतंकवाद जन्मिन नदिनका लागि अनेकन रणनीतिहरूबा बहस र छलफल भए। असंलग्न राष्ट्रहरूले पनि आतंकवादलाई अस्विकार गरे।

अनि टावरहरू ढले

सन् २००१ सेप्टेम्बर ११। दुईवटा बोइंग ७६७ बिमान न्यूयोर्कको सबैभन्दा अग्लो बिल्डिङमा ठोक्किए। ११० तलाको यो बिल्डिङ ‘ट्वीन’ टावरका रूपमा परिचित छ।

पहिलो विमान बिहान ८:४५ बजे नर्थ टावरमा ठोक्कियो। १०२ मिनेटसम्म त्यहाँ आगो दनदनी बलिरह्यो। र, १०:२८मा यो ११ सेकेन्डमै यो टावर ढल्यो।  

पहिलो टावरमा विमान ठोक्किएको करिब १८ मिनेटपछि बिहान ९:०३ बजे दोस्रो ट्विन टावरमा फेरि अर्को विमान ठोक्कियो। ५६ मिनेटसम्म टावर आगो र धुँवामा जुधिरह्यो। फेरि यो टावर पनि ९ सेकेन्डमा गर्ल्याम्मै ढल्यो।

नर्थ टावरको ४७औं तलामा काम गरिरहेका ब्रुनो डेलिङ्गरलाई त्यो पल अहिले पनि ताजा छ। ‘जब टावर ढल्दै थियो र डरलाग्दो आवाज आइरहेको थियो। केही सेकेन्डमै त्यहाँ अन्धकार छयो। रातको भन्दा पनि घनघोर अँध्यारो थियो। केही पलका लागि सबै आवाजहरू पनि गायव भए। सन्नाटा छायो। सासै रोकिएजस्तो भयो’ उनलाई याद छ ‘मलाई लागेको थियो कि म मरिसकेँ। किनकि मरो दिमाग शून्य थियो। केही काम गरिरहेको थिएन।’

यतिबेला उनी ११ सेप्टेबरको त्यो स्मारक तथा संग्राहलय अघि त्यो पल सम्झिरहेका थिए।

टावर किन ढल्यो?

मेचाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी(एमआइटी)का प्रध्यापक एडुआर्डो कौसेल भन्छन् ‘सबैले यो जवाफ स्विकार गरिरहेका छन् टावर ढल्यो किनकि यो आतंकवादी आक्रमको उद्देश्य थियो।’

त्यो आक्रमणमा टावर ध्वस्त भएपछि कौसेल त्यो समूहका प्रमुख थिए जसले ट्विन टावरको संरचनात्मक, इन्जिनियरिङ तथा आर्किटेक्चरका दृष्टिकोणबाट त्यो ढल्नुको कारणहरूको विश्लेषण गरेको थियो।

घातक संयोग

२००२मा एमआइटले त्यो टावरसम्बन्धि एउटा अध्ययन प्रकाशित गर्‌यो। जो नेशनल इन्स्टिच्यू अफ स्टान्डर्ड एन्ड टेक्नोलोजी(एनआइएसटी)ले निकालेको निष्कर्षसँग धेरै हदसम्म मिलेको थियो। यसमा त्यो टावर ढल्नुका कारणहरूको जाँच गर्न जिम्मेवारी दिइएको थियो। उसको त्यो रिपोर्ट २००८मा प्रकाशित भएको थियो।

एमआइटी तगा एनआइएसटी दुबैले यो निष्कर्ष निकालेका छन् कि- टावर ढल्नुका पछि दुई सबैभन्दा प्रमुख कारणहरू छन् जसको संयोग एकैसाथ भयो।

पहिलो यो हो कि यो टावरमा विमान ठोक्किएपछि दुबै टावरका भित्ताहरूमा त्यसको गम्भिर संरचनागत असर पर्‌यो। दोस्रो ठक्करपछि भित्तामा सल्किएको आगो क्षणभरमै धेरै तलाहरूमा फैलिइसकेको थियो।

‘यदि त्यहाँ आगो नफैलिएको भए त्यो टावर ढल्ने थिएन’ कौसेल भन्छन् ‘त्यो टावरका भित्ताहरुको प्रतिरोधात्मक क्षमता धेरै नै थियो। आगो लागे पनि त्यहा भित्ताहरूको संरचनात्मक क्षति नपुगेको भए यो टावर ढल्ने थिएन।’

ट्वीन टावर कसरी बनाइएको थियो?

जब १९६०मा ट्विन टावरको निर्माण सुरू भएको थियो त्यो बेला उनीहरूसँग एक डिजाइन थियो। जो त्यो बेलाका मानकहरूमा आधारित थियो।

दुबै स्टील तथा कंक्रिटबाट बनाइएका भित्ताहरू थिए। जसमा लिफ्टा तथा सिंढीहरू पनि थए।

प्रत्यक तलामा स्टिलका छडहरू राखिएका थिए। जसलाई बाहिरको भित्ता बनाउनका लागि मुख्य बिमहरूमा जोडिएको थियो।

स्टिल बिमको समूहले प्रत्यक तलाको वजनलाई मुख्य स्तम्भतिर फैलाएको थियो। त्यस्तै हरेक तलाको मुख्यस्तम्भलाई छुट्टै साहारा दिइएको थियो ताकि त्यो बिम नलच्कियोस्। सिभिल इन्जिनियरिङमा यसलाई ‘बकलिंक’ भनिन्छ। त्यसमा लगाइएको स्टिलका संरचनाहरूलाई कंक्रिटले ढाकिएको थियो ताकि कुनै आगोले बिमलाई बचाउन पर्याप्त थियो। बिम तथा स्तम्भहरूलाई एक पतलो अग्नीरोधक पत्रले ढाकिएको थियो।

तर दुबै टावरमा दुई ठूला बोइङहरू ठोक्किए। ७०७ बोइङको ठक्करलाई लगभग थेग्नेगरि बनाइएको त्यो टवरमा ७६७ बोइङ ठोक्किए।

एनआइएसटीको एक रिपोर्टअनुसार यो ठक्करको ठक्करबाट पिलरहरू गम्भीररुपले क्षतिग्रस्त भए। जुन ठक्करले स्टिल बिम तथा पिलरहरू ढाकेको अग्नीरोधक इन्सुलेटरलाई विच्छेद गरिदियो।

कौसेल भन्छन् ‘त्यो ठक्करबाट जुन कम्पन पैदा भयो त्यसले स्टिलमा लगाइएको अग्नीरोधक कोटिङहरूलाई हटाइदिए। र बिमा सजिलै आगो फैलियो। यसबाट आगोलाई फैलिने बाटो सजिलो भयो र संरचनामा नोक्सान भयो।’

यो आगो लागेपछि त्यहाँको तापक्रम लगभग १०००डिग्रीभन्दा बढी पुगेको थियो। जसका कारण झ्यालका सिसाहरू सबै फुटे। अनि बाहिरको हावा पनि भित्र छिर्ने मौका पायो। त्यसले झन आगो दन्काउन मदत गर्‌यो।

एउटा आधिकारिक प्रतिवेदनअनुसार प्रत्यक बिमानमा करिब १० हजार ग्यालिन(३७८५० भन्दा बढी) इन्धन थियो।

त्यो आफैमा ‘उडिरहेको बम’ थियो। त्योमध्के केही इन्धन आगोको गोलामा मिसिएर उडेको थियो भने धेरै इन्धन टावरका तलाहरूमा पोखियो। यसले आगोलाई फैलाउन झनै मदत गर्‌यो।

एमआइटीका इन्जिनियरहरूका अनुसार आगो दनदनी फैलिएपछि त्यहाँ दुई कुरा भयो। पहिलो त अत्यधिक तापक्रमले प्रत्येक तलामा लगाइएका बिम तथा स्ल्याबमा फैलियो। जसका कारण बिम स्ल्याबबाट अलग हुन थाले। अनि बिमले पिलरहरूलाई बाहिरतिर धकेलिदिए। अनि एकअर्कालाई त्यसले असर गर्‌यो। आगो लपेटिएपछि त्यहाँका स्टिलहरू लचिलो हुन थाले। यो नै टावरका लागि निकै घातक भयो। त्यो ढल्यो। बिबिसीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप