एमसिसी उपाध्यक्षले भेटिन् देउवालाई, के-के विषयमा भयो छलफल?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाल भ्रमणमा रहेकी एमसिसी उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। फतिमा र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो।

भेटका क्रममा नेपाल-अमेरिकाबीचको सम्बन्ध र एमसिसी परियोजनाका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै एमसिसीले नेपालको आर्थिक विकासमा खेल्ने भूमिकामाथि पनि उनीहरुबीच छलफल भएको बताइएको छ।

यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने अर्थ मन्त्रालयले जनाएको छ।

नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको सम्झौतामा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन उपाध्यक्ष सुमार बिहीबारदेखि नेपाल भ्रमणमा छिन्।

सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँगसमेत छलफल गर्न नेपाल आएकी उनले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन्।

उनले त्यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेकी छिन्।

Image


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु