टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ तेस्रो चरण आज राति प्रशारण हुने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को तेस्रो चरण आज राति प्रशारण हुँदै छ। यसअघि पहिलो र दोस्रो चरण पूरा भइसकेका छन् भने पहिलो चरणका उत्कृष्ट नौ विजेता पनि छनोट भइसकेका छन्।

भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा यो रियालिटी शो सञ्चालन भइरहेको छ।

नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नाइस टेलिभिजन एचडीमा प्रशारण हुँदै आएको छ। आयोजकका अनुसार स्याटेलाइट टिभीबाट नेट टिभी, डिस होम, प्रभु टिभी, मेरो टिभी र क्लियर टिभीमा पनि शो प्रशारण हन्छ।

डिजिटल पेमेन्टको क्षेत्रमा दरिलो बजार हिस्सा ओगट्न सफल कम्पनी डिजी पे मुख्य प्रयोजक रहेको ट्यालेन्ट हन्ट प्रतियोगिताको तेस्रो चरणको पहिलो इपिसोड आज शुक्रबार र दोस्रो इपिसोड भोलि शनिबार राति ८ः४५ बजे प्रशारण हुनेछ।

आयोजकका अनुसार सहभागी प्रतिस्पर्धीलाई भोट दिन डिजी पे एप डाउनलोड गर्नुपर्छ। एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टममा दुवैबाट भोट दिन पाइन्छ। डिजी पेको एप डाउनलोड गर्दा एक भोट निःशुल्क दिन पाइने छ। डिजी पेको एपबाट भोट दिँदा एक भोटबराबर एक अंक गणना हुनेछ। त्यसबाहेक अतिरिक्त भोट दिन शुल्क लाग्छ।

छनोट चरणमा चार समूह हुनेछन् र हरेक समूहमा ३० जना प्रतियोगीले आफ्नो प्रस्तुति दिनेछन्। उक्त समूहमा प्रत्येक विधाबाट संगीतमा १०, नृत्यमा १० र अभिनयमा १० जना सहभागी हुनेछन्। छनोट चरणबाट प्रत्येक विधाका तीन–तीनजना प्रतियोगी छनोट भई दुई सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी दुईवटा सेमिफाइनलबाट प्रत्येक विधाका चारजना छनोट भई ग्रान्ड फिनालेमा पुग्नेछन् र हरेक विधाबाट एक–एकजना प्रमुख विजेता हुनेछन्।

काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने जानकारी दिइन्।

आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा हरेक चरणमा तीनवटै विधाका दुई–दुई अलग सेलिब्रिटी निर्णायक रहनेछन्। यस्ता दिग्गज सेलिब्रिटी निर्णायक भएको यो पहिलो कार्यक्रम हो।

टि सिरिज जस्तो भारतकै ठूलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा आयोजना भइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले बताए।

‘यो ट्यालेन्ट हन्टमा छात्रवृत्ति जितेर भारत पढ्न जाने विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने उच्च सम्भावना छ,’ पाण्डेले भने, ‘यसका कारण टि सिरिजका नृत्य, गायन, अभिनयलगायत उत्पादनमा टि सिरिज स्टेज वर्क्सका होनहार विद्यार्थीहरूलाई मौका दिने गरिन्छ। त्यसैले यो प्रतियोगिताको नारा ‘टिकेट टु बलिउड’ रहेको हो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत