कांग्रेस उपसभापति निधिकी पत्नी महाधिवेशन प्रतिनिधिमा नउठ्ने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिकी पत्नी अनामिका निधिले पार्टीको १४ औं महाधिवेशनको प्रतिनिधिमा चुनाव नलड्ने घोषणा गरेकी छिन्। उनले आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि नउठ्ने घोषणा गरेकी हुन्।

१४ औं महाधिवेशनमा श्रीमान सभापतिमा उठ्ने भएपछि उनलाई सहयोग गर्ने उद्देश्यले आफू महाधिवेशन प्रतिनिधिमा नउठ्ने निधोमा पुगेको अनामिकाले बताइन्।

‘विगतमा महाधिवेशन प्रतिनिधि बनेर आउने महिलाहरूको संख्या कमै हुन्थ्यो। त्यसैले नेताका पत्नीहरूलाई नै उठाउन जोड दिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले परिस्थिति फेरिएको छ। थुप्रै महिला साथीहरू नेतृत्वमा आउन थाल्नुभएको छ। मैले छोडेपछि त्यो ठाउँमा अरूले लडेर प्रतिनिधि बन्ने अवसर पाउनु हुनेछ।’

६ महिनाअघि महाधिवेशन प्रतिनिधिमा नउठ्ने निक्र्यौलमा पुगेको उनले बताएकी छिन्। आफू महाधिवेशन प्रतिनिधिमा नउठ्ने विषयमा जिल्लाका नेताहरूलाई पनि उनले जानकारी गराइसकेको बताइन्।

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, धनुषा जिल्ला सभापति महेशशंकर गिरी, क्षेत्रीय सभापति कन्हैयालाल कर्ण, प्रदेश क्षेत्रीय सभापति दिनेशचन्द्र लाल, नेता धिरेन्द्रकुमार निधिलगायतलाई फोन गरेर आफ्नो निर्णयबारे जानकारी गराइसकेको अनामिकाले बताइन्।

१८ वर्षदेखि कांग्रेस क्रियाशील सदस्य रहेकी उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पछिल्लो तीन पटकदेखि महाधिवेशन प्रतिनिधि बन्दै आइरहेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत