नाडाले दियो ट्राफिक महाशाखालाई जनचेतनामूलक सामग्री


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतनाका लागि विभिन्न सामग्री हस्तान्तरण गरेको छ।

त्रिपुरेश्वर चोकमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मालाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

नाडाका अनुसार १० हजारथान नो हर्न स्टिकर, ५ हजारथान कोभिड–१९ विरुद्धको मास्क, २ सयथान ‘तपाईंको मास्क खोइ?’ चेतनामूलक ब्यानर र २ सयथान ‘ट्राफिक नियमको पालना गरां’ चेतनामूलक ब्यानर हस्तान्तरण गरिएको हो।

कार्यक्रममा जनचेतनामूलक स्टिकर तथा पर्चा सवारीसाधन चालकलाई वितरण समेत गरिएको थियो। नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम विगतमा पनि गर्दे आएको जनाएको छ।

कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्यहरू राजनबाबु श्रेष्ठ, दीपक अग्रवाल, सुरज भट्टराई, नीलमणि पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटी तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ अधिकाकारीसमेतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु