बजेट प्रतिस्थापन विधेयक : बैठक भत्तामा कटौतीदेखि आवास योजनासम्म


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न प्रतिनिधिसभा बैठकमा विधेयक पेश भएको छ। शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्।

शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँका बजेट पेश गरेका छन्। बजेटमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालुतर्फको खर्च १० प्रतिशत कटौती गरिएको छ।

बजेटका प्रमुख कार्यक्रमहरूः

बैठक भत्ता र इन्धन खर्चमा कटौती

सरकारले चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तामिल र गोष्ठीसम्बन्धी कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, र विविध कार्यक्रम खर्च शीर्षकमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको छ। यी खर्च कटौती गरेर तत्काल बचन हुने ५ अर्ब रूपैयाँ कोभिड–१९ को खोप खरिदका लागि खर्च गरिनेछ।

गम्भीर प्रकृतिका बिरामीका लागि उपचार खर्च

मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरूदण्ड पक्षघातका बिरामीलाई औषधि उपचार खर्तवापत् मासिक रू. ५ हजारका दरले उपलब्ध गराइने छ।

सहिद परिवारलाई जीवनवृत्ति

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्तिवापत् मासिक ३ हजार प्रदान गर्ने व्यवस्था बजेटमा गरिएको छ।

कोभिडका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई अनुदान

कोभिड–१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई राहतस्वरूप एक पटकका लागि प्रतिघरपरिवार रू. १० हजारका दरले अनुदान दिइने बजेटमा उल्लेख छ। यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा आगामी असोजभित्र हस्तान्तरण गर्ने तयारी सरकारले गरेको छ।

काठमाडौंको १० स्थानमा सुलभ खानाको व्यवस्था

सहरी विपन्न नागरिकहरूका लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने बजेटमा भनिएको छ।

प्रदेशहरूमा आवास योजना

संविधानले प्रत्याभूत गरेको आवासको हकलाई कार्यान्वयन गर्न आवासविहीन दलितका लागि कर्णाली र प्रदेश २ का साथै सबै प्रदेशमा व्यवस्थित आवास योजना विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ। यस्ता वर्गलाई लक्षित रोजगारीका कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ।

निर्माण व्यवसायीमाथि कडाइ

निर्माण व्यवसायीले आफ्नो क्षमताभन्दा बढीको कार्यका लागि धेरै ठेक्का लिने र समयमा कार्य सम्पन्न नगर्ने प्रवृत्तिमा सुधार गरिने बजेटमा भनिएको छ। विकास निर्माण कार्यका लागि आवश्यक प्राविधिक जनशक्ति विकास र पदपूर्तिलाई प्राथमिकता दिँदै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन सम्भव भएसम्म सरकारी इन्जिनियरिङ कम्पनीलगायतका सार्वजनिक संस्थामार्फत तयार गर्ने नीति सरकारले लिएको छ।

अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था बजेटमा मिलाइएको छ।

७ प्रतिशत आर्थिक वृद्धिदर अनुमान

प्रतिस्थापन विधेयकमार्फत सरकारले लिएको नीति तथा कार्यक्रमको कार्यान्वयन र आगामी चैतभित्र सबैलाई कोरोना खोप उपलब्ध हुने भइ आर्थिक क्रियाकलाप विस्तार हुने हुँदा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सरकारको छ। यसैगरी मुद्रास्फीति दर ६ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण बजेटमा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६