सभापतिको गृहजिल्लामा प्रशासनिक शक्तिको दुरूपयोग महाधिवेशनका लागि शुभ संकेत होइन : रामचन्द्र पौडेल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा प्रहरी लगाएर अधिवेशन गराइएको भन्दै आपत्ति जनाएका छन्।

प्रशासनिक शक्तिको दुरूपयोग गरी कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास रहेको भन्दै पौडेलले आपत्ति जनाएका हुन्।
‘नेपाली कांग्रेसको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता बेगर प्रशासनिक शक्तिको दुरूपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

जिल्ला सभापति, उपसभापतिलगायत जिल्ला कार्यसमितिका बहुमत सदस्यहरूको विरोधका बीच कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुरामा शुक्रबार वडा अधिवेशन भइरहेको छ।

पौडेलले पार्टीको सिद्धान्त लोकतान्त्रिक रहे पनि व्यवहार अलोकतान्त्रिक देखिएको बताएका छन्। ‘पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र–तर व्यवहार अलोकतान्त्रिक,’ उनले भनेका छन्।

उनले कांग्रेसको इतिहासमै आन्तरिक निर्वाचनमा पहिलोपटक शक्तिको दुरूपयोग भएको समेत बताएका छन्। ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरूपयोग हुनु आपत्तिजनक र खेदजनक छ,’ उनले भनेका छन्,‘महाधिवेशनको लागि यो शुभ संकेत होइन।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।