पहिलो पटक सुर्यविनायकमा गणेशको खट जात्रा सुरु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर– भक्तपुरको सुर्यविनायकमा अवस्थित गणेश (इनारे गणेद्यो) को भव्य रूपमा खट जात्रा गरेको छ। आज भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात गणेशजीको जन्मोत्सवको उपलक्ष्यमा पहिलो पटक सुर्यविनायक गणेशको भव्यरुपमा खट जात्रा गरेको हो।

सुर्यविनायका नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष तथा सुर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष किरण थापाले सुर्यविनायक नगरपालिका वडा ६ र वडा नं. ८ को सिमानामा अवस्थित सुर्यविनायक गणेशको खट जात्राको लागि दुवै वडाबाट रु दुई लाख सहयोग गरेको बताए। यो बर्षबाट शुरु गरेको खट जात्रा अव प्रत्येक बर्ष गणेश चतुर्थीको दिनमा भव्यरुपमा खटजात्रा गर्दै जाने र यसलाई निरन्तरता दिनको लागि चाहिने सहयोग गर्दै जाने पनि अध्यक्ष थापाले जानकारी गराए।

उक्त गणेशलाई उपत्यकाको चार गणेश मध्यको जेठो गणेशको रुपमा मान्दै आएको छ। सुर्यविनायक क्षेत्र संरक्षण समिति र सुर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा खट जात्रा गरेको हो।

खटजात्रामा मन्दिरबाट गणेशको मूर्ति खटमा राखेर सिन्दुर जात्रा गर्दै मन्दिरको पूर्व तर्फ गहनादेवी (चालिसे गाँऊ) मन्दिर सम्म, पश्चिम तर्फ राजथला टोल सम्म र उत्तर तर्फ सुर्यविनायक चोक (अरनिको राजमार्ग) सम्म ल्याएको थियो। अर्को बर्ष देखि दुईवटै वडाको बिभिन्न टोलहरुमा जात्रा गर्ने सुर्यविनायक क्षेत्र संरक्षण समितिका संयोजक राजथलाले बताए।

वर्षमा एक पटक मात्र बैशाख ५ गते (द्योःस्वगं बिएगु दिनमा भक्तपुर नगरपालिकाको तालाको टोलमा पूजा राखिने गरिन्छ ।) मन्दिरबाट निकालिने गणेशलाई यो बर्ष देखि प्रत्येक गणेश चतुर्थिका दिनमा पनि भव्यरूपमा खटजात्रा गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत