बनेपामा राती १२ बजेपछिबाट पुनः मिक्स लकडाउन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


बनेपाः बनेपामा शुक्रबारदेखि पुन मिक्स लकडाउन सुरु भएको छ। भदौ २५ गतेदेखि असोज ५ गतेसम्म पुन लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बनेपामा कोरोनाको संक्रमण दर बढिरहेकाले मिक्स लकडाउन सुरु गरिएको जानकारी दिए। संक्रमितको साथसाथै मृत्युदर पनि बृद्धि भइरहेको जारी विज्ञप्तिमा भनिएको छ। लकडाउन आज शुक्रबार राती १२ बजेबाट सुरु हुने उनले बताए।

यो अवधिमा सबै प्रकारका भेला, जुलुस, सभा, सिनेमा हल, रेष्टुरेन्ट, क्लब पाटी प्यालेस, स्वीमिङ पुल, शैलुन, व्युटि पार्लर, जिमखाना आदि संचालन नगर्न अनुरोध गरिएको छ।

विद्यालयहरु भने जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी संचालन गर्न पाइनेछ। निषेधाज्ञ क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुले टेक अवे र होम डेलिभरी दिनसक्ने छन्। कुनै पनि कार्यक्रममा २५ जनासम्म मात्रको उपस्थितिमा संचालन गर्न सकिने बताइएको छ।

विकास निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधनहरू जिल्लाभित्र खपत हुने सामग्रीको हकमा साँझ ७ बजेपछि विहान ६ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राती ९ बजेदेखि विहान ५ बजेसम्म संचालन गर्न सकिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।