गठबन्धन बैठक : राजनीतिक दलसम्बधी अध्यादेश संशोधन गर्ने सहमति


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– सत्तारूढ गठबन्धन दल राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गर्न सहमत भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अध्यादेश संशोधन गर्न सहमति जुटेको हो। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अध्यादेशमार्फत ल्याइएको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने सहमति भएको जानकारी दिए।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकमा २० प्रतिशत पुर्‍याए दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएर राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेको थियो। गठबन्धनको बैठकमा दल विभाजनका लागि २० प्रतिशतसम्बन्धी व्यवस्था हटाउने निष्कर्ष निकालिएको जसपा अध्यक्ष यादवले बताए। ‘प्रतिनिधिसभाबाट अध्यादेश पास गरेर संशोधन गर्ने कुरा भएको छ,’ उनले भने,‘दल विभाजनका लागि २० प्रतिशतको प्रावधान हटाइने भएको छ।’

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमालेको अवराधका बीच राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सरकारले ल्याएको विधेयक टेबल गरेका थिए।

गठबन्धनको बैठक मन्त्रिपरिषद विस्तार गर्नबारे ठोस निष्कर्षमा पुग्न सकेको छैन। अध्यक्ष यादवले अर्को बैठकबाट मन्त्रिपरिषद विस्तारबारे टुंगो लगाइने जानकारी दिए। यसैगरी एमसिसीबारे सामान्य छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेको उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवा र निधिबीच भेटवार्ता

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच

डिजी पे टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो सेमिफाइनल…

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ का दुई सेमिफाइनलमध्ये पहिलो

स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित