विवादका बीच देउवाको गृहजिल्लामा वडाअधिवेशन सुरू

देउवाले पुलिस लगाएर अधिवेशन गराउन खोजे : डडेल्धुरा कांग्रेस

सभापति सहित दुई तिहाइ जिल्ला नेतृत्वले अस्विकार गर्ने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नेपाली कांग्रेसको क्रियाशील सदस्यको विषयमा भइरहेको विवाद र तनावबीच डडेल्धुरा जिल्लाका वडाहरूमा अधिवेशन सुरू भएको छ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुराको जिल्ला नेतृत्वले सदस्यतामा सभापति देउवाले नै हस्तक्षेप गरेको भन्दै विवाद सुरू भएको थियो।

सभापति देउवाको प्रत्यक्ष निर्देशनमा प्रक्रिया पुर्‍याइएका ४६० भन्दा बढीको नाम काटेर केन्द्रबाट थप्ने काम भएको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहितको बहुमत कार्यसमितिले अधिवेशन प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो।

तर, देउवाको निर्देशनमा जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर मल्लले निर्वाचन कार्यतालिका प्रकाशित गरेर प्रक्रिया सुरू गरेका हुन्। जिल्लाका ५२ वडाहरूमध्ये करिब ४८ वडाहरूमा अधिवेशन सुरू भइसकेको उनले बताए।

तर जबरजस्ती अधिवेशनको प्रक्रिया सुरू गरे त्यसबाट आउने परिस्थितिको जिम्मा सभापति स्वयंले लिनुपर्ने डडेलधुराका कांग्रेस उपसभापति करूणाकर भट्टले बताएका छन्।

उनका अनुसार जिल्ला कार्यसमितिको करिब दुई तिहाइ पदाधिकारी तथा सदस्यहरूले यो निर्वाचनलाई अस्विकार गरिसकेका छन्।

‘यो त तानाशाहजस्तै भयो। उहिले राजाले सेना, पुलिस लगाएर चुनाव गराउँथे र नतिजा आफ्नै पक्षमा पार्थे’ उनले भने ‘अहिले देउवाले पनि त्यस्तै गर्न खोज्नुभयो। सत्ता र गृहप्रशासनको आडमा जवर्जस्ती चुनाव गराउन खोजियो।’

उनका अनुसार अहिले जिल्लामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। तर यो अधिवेशनलाई कुनै पनि हालतमा स्विकार नगर्ने उनले बताए।

‘यो हामीलाई स्विकार्य छैन’ उनले भने ‘केन्द्रीय निर्वाचन समितिका संयोजकले नै राजिनमा दिइसकेपछि अधिवेशन आफैंमा अवैधानिक भइसकेको छ।’

क्रियाशील विवाद टुंगो लगाएर अधिवेशन प्रक्रिया अगाडि बढाउन कार्यसमितिको निर्णय रहेको बताउँदै उनले जिल्ला सभापतिलाई नै बाहिर राखेर गरिने अधिवेशनको कुनै अर्थ नरहने जिकिर गरे।

अधिवेशनका लागि जिम्मा पाएका केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिइसकेका छन्। यादवले बिहीबार राति निर्वाचन संयोजक पदबाट राजीनामा दिएका हुन्। देउवाको गृहजिल्ला डडेलधुरामा विवादका बीच शुक्रबार वडा अधिवेशन गराउने तयारी भइरहेको अघिल्लो दिन यादवले राजीनामा दिएका छन्।

यसअघि बुधबार कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापति देउवालाई पत्र लेखेर डडेलधुराको क्रियाशील विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

विवाद समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु अनुचित देखिने हुँदा क्रियाशील विवाद समाधान गरेर मात्र प्रक्रिया अगाडि बढाउन सरोकारवालालाई निर्देशन दिन उनले देउवालाई आग्रह गरेका छन्।

‘गम्भीर विवादको समाधान नगरी अधिवेशन र निर्वाचन गराउनु सर्वथा अनुचित देखिने हुँदा तत्काल क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गरी मात्र अधिवेशन र निर्वाचन कार्य सम्पन्न गर्न सम्बन्धित सरोकारवालालाई मार्गदर्शन वा निर्देशनको लागि विनम्र अनुरोध गर्दछु,’ निधिले देउवालाई पठाएको पत्रमा भनिएको छ।

उपसभापति निधिले पत्र पठाएको भोलिपल्ट बिहीबार संस्थापनइतर समूहका नेताहरू पनि सभापति देउवालाई भेटेर डडेलधुरालगायत बाँकी जिल्लाका क्रियाशील विवाद समाधान गर्न ध्यानाकर्षण गराएका छन्।

महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, जीवन परियारलगायतका नेताहरूसँग बालुवाटार पुगेका वरिष्ठ नेता पौडेलले पनि सभापतिकै जिल्लामा देखिएको क्रियाशील विवाद तत्काल समाधान हुनुपर्ने धारणा राखे।

उनले क्रियाशील विवाद टुंगो लगाएर सबै जिल्लाका वडा अधिवेशन भइसकेपछि मात्रै पालिका तहको अधिवेशन गर्न सभापति देउवालाई भनेका छन्।

डडेलधुरामा उठेका प्रश्नको समाधानका साथै सार्वजनिक हुन बाँकी रहेका २० जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाउन सभापति देउवामाथि दबाब बढेको छ।

२० जिल्लाका क्रियाशील सदस्यता सूची एक–दुई दिनभित्र सार्वजनिक हुँदा पनि पूर्वघोषित कार्यतालिकाअनुसार भदौ २७ मै देशभर एकैपटक नगर अधिवेशन गर्न सम्भव देखिँदैन। किनभने नगर अधिवेशनअघि २१ जिल्लामा वडा अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादव पनि कार्यतालिका प्रभावित भइसकेको स्वीकार गर्छन्।

‘स्थिति जहाँ थियो अहिले पनि त्यहीँ छ। केही प्रगति भएको छैन,’ आयोमेलसँग यादवले भने, ‘२० जिल्लाको क्रियाशील सदस्यता सूची हामीले अझै पाएका छैनौं। एक हिसाबले कार्यतालिका प्रभावित भइसकेको भनेर बुझ्दा हुन्छ।’

एक–दुई दिनभित्र आफूहरूले क्रियाशील सदस्यहरूको सूची पाए पनि निर्धारित कार्यतालिकाअनुसार सबै जिल्लामा एकैपटक पालिका अधिवेशन सम्पन्न गर्न सम्भव नरहेको उनले बताए।

कांग्रेसले हालसम्म प्रदेश १ को मोरङ, प्रदेश २ का सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, बागमती प्रदेशको काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र काठमाडौंमा क्रियाशील विवाद टुंगाउनसकेको छैन।

यसैगरी लुम्बिनी प्रदेशको बाँके, बर्दिया र कपिलवस्तु, कर्णाली प्रदेशको डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशको बाजुरा र कैलालीमा क्रियाशील विवाद टुङ्गिन बाँकी छ।

क्रियाशील विवाद नटुंगिँदा प्रदेश २ को आठमध्ये कुनै पनि जिल्लामा महाधिवेशन प्रक्रिया अगाडि बढ्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ