विरोधकै बीच देउवाको गृहजिल्लामा अधिवेशन हुने


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा विरोधकै बीच वडा अधिवेशन हुने भएको छ। जिल्ला निर्वाचन समितिको कार्यालयले नेताहरूको विरोधका बीच शुक्रबार वडा अधिवेशन गर्ने तयारी गरेको हो।

शुक्रबार वडा अधिवेशन र बाँकी तहमा निर्वाचन केन्द्रले तोके बमोजिमकै मितिमा अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले वडा अधिवेशन प्रयोजनका लागि नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकेर वडाहरूमा निर्वाचन सामग्रीसमेत पठाइसकेको बताएको छ।

‘नेपाली कांग्रेस डडेलधुराको वडा अधिवेशन यही भाद्र २५ गते र बाँकी तहका निर्वाचन केन्द्रले तोके बमोजिमकै मितिमा हुने भएको र सो प्रयोजनका लागि नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकि सम्बन्धित वडामा निर्वाचन सामग्रीसमेत पठाइसकेकाले कुनै किसिमको भ्रममा नपरी अधिवेशनमा सक्रिय सहभागिता जनाइ सभ्य र भव्य रूपमा सम्पन्न गर्न अपलि गर्दछु,’ जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बलमे बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै डडेलधुरा कांग्रेस सभापति कर्णबहादुर मल्लसहितको उपस्थितिमा बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन प्रक्रिया अगाडि नबढाउन निर्णय गरेको छ।

यसबाहेक कांग्रेस नेताहरू विमलेन्द्र निधि, शेखर कोइरालालगायतका नेताहरू पनि क्रियाशील विवाद टुंगो लगाएरमात्र अधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा देखिएका छन्।

बिहीबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू सभापति देउवालाई भेटेर तत्काल महाधिवेशन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका थिए।

No description available.


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ