अनुशासनको कारबाही फुकुवा गर्न वरिष्ठ नेता पौडेलको प्रस्ताव


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यथाशीघ्र क्रियाशील विवाद टुङ्गो लगाएर सबै जिल्लामा अधिवेशनको वातावरण बनाउन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ।

विहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका पौडेललगायतका नेताहरू सभापति देउवालाई भेटेर अधिवेशनको वातावरण बनाउन ध्यानाकर्षण गराएका हुन्।

डडेलधुरासहित बाँकी रहेका २० जिल्लाको क्रियाशील विवाद समाधान गरी अधिवेशनको वातावरण बनाउन आफूहरूले सभापति देउवालाई आग्रह गरेको भेटमा सहभागी नेता जीवन परियारले जानकारी दिए।

प्रदेश २ का आठ जिल्लाका साथै देउवाका गृहजिल्ला डडेलधुरा गरी २१ जिल्लामा वडा अधिवेशनबारे अन्यौल देखिएको छ। डडेलधुरामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै जिल्ला कार्यसमितिले यथास्थितिमा अधिवेशन हुन नसक्ने निर्णय गरेको छ भने अन्य २० जिल्लाका क्रियाशील सदस्यता सूची सार्वजनिक हुनसकेको छैन्।

संस्थापनइतर पौडेल पक्षीय नेताहरूले सबै जिल्लामा वडा अधिवेशन सकेरमात्रै पालिका अधिवेशन गर्न सभापति देउवालाई सुझाव दिएको छ।
वडा अधिवेशन प्रभावित भएपछि भदौ २७ गते तोकिएको पालिका, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा अधिवेशनलगायतका कार्यतालिका पनि प्रभावित हुने सम्भावना बढेको छ।

वरिष्ठ नेता पौडेलले विभिन्न समयमा कारबाहीमा परेका पार्टीका नेता तथा कार्यकर्ताहरू कारबाही फुकुवा गर्न सभापति देउवासँग आग्रह गरेका छन्।

‘उपसभापति विमलेन्द्र निधिले बुधबार सभापति देउवालाई पठाएको पत्रबारे छलफलमा कुरा उठेको छ,’ भेटमा सहभागी एक नेताले भने,‘वरिष्ठ नेताज्यूले पनि आगामी तीन तहको निर्वाचनका लागि पनि कारबाही फुकुवा गर्न सभापतिलाई सुझाव दिनुभएको छ।’

पौडेल पक्षले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद विस्तारबारे पनि चासो व्यक्त गरेका छन्।

जवाफमा देउवाले नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दिन मन्त्रिपरिषद नगर्न आग्रह गरेको बताएका थिए। मन्त्रिपरिषद विस्तारबारे गठबन्धनसँग छलफल भइरहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप