कस्ता महिला बस्न हुन्न तीजमा व्रत?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


तीज कसरी मनाउने?

तीज मनाउने शैली पहिले र अहिले निकै फरक भइसकेको छ। महिला एकआपसमा भेटघाट, रमाइलो गर्ने चलन बढेसँगै दरको संस्कार अनि परिकारहरूमा पनि परिवर्तन आएको छ।

पहिले हाम्रा आमाहरुले तीजको अघिल्लो दिन दर खाने भनेर काडा (मिस्रीलाई पानीमा पकाएर बनाइने मिठाइजस्तो परिकार) खाने गरिन्थ्यो। अहिलेको जस्तो धेरै किसिमका परिकार बनाउने चलन थिएन।

घरघरमा छोरीबेटीहरु जम्मा भएर खाने गरिन्थ्यो। राती ९ देखि १० बजेतिर मिस्री पानीमा हालेर पकाएर काढा खाने गरिन्थ्यो। त्यो खाएपछि भोलिपल्ट भोक लाग्दैनथ्यो।

अहिले यसो विचार गर्दा काडा भनेको ग्लुकोज हो। त्यो ग्लुकोज हाम्रो शरीरमा जम्मा भएर बसिरहन्छ। जसले धेरै समयसम्म तागत दिइरहन्छ।

काडा बनाउँदा ल्वाङ, सुकुमेल, र मिस्री पानीमा हालिन्थ्यो। र त्यही दर खाएर सुत्थ्यौं। भोलिपल्ट तीजमा निरहार भएर बसिन्थ्यो भने पुजा सकेर मात्र खाने गरिन्थ्यो। खानामा पनि कर्कलो र खाना मात्र खाने गरिन्थो।

अहिले खानेकुराको परिकार धेरै भएको छ। पहिला सिमित थियो भने हाल बजारीकरण तथा पकाउन जान्ने भएका कारण पनि धेरै परिकार हुन थालेको छ।

त्यस्तै, पहिले आफ्नो घरपरिवार तथा सिमित छोरीबेटी भन्दा बाहेकलाई दर खान बोलाउने तथा अन्त गएर खाने चलन थिएन। तर अहिले व्यापक भएको छ भने समाजमा विस्तारित हुँदै गएको छ। त्यस्तै सामाजिकीकरण पनि हुँदै गएको छ।

एकदिन फुर्सद भएको बेलामा रमाइलो गरौं, सबै चेलीबेटी भेट हुन्छ र वर्षभरिको कुरा अभिव्यक्त गर्ने माध्यम हो तीज। अन्य ठाउँ र समयमा अभिव्यक्ति दिन नसकेकाहरूका लागि पनि तीज चाड भएको छ।

यसले व्यापारीकरण पनि बढेको छ भने नारीहरूमा व्रत बस्ने चलन पनि बढेको छ।

पहिलेको तुलनामा आमा भाउजुहरुले जस्तै अहिले निरहार भएर वर्त बस्ने चलन कम भएको छ। यो स्वास्थ्यका दृष्टिकोणले राम्रो हो। तर कसैकसैलाई दिनभर भोकै भएर व्रत बस्दा स्वास्थ्यमा पनि असर गर्नसक्छ। शरीरको आवश्यकतालाई अप्ठ्यारो हुनसक्छ।

निराहार भन्दा पनि झोल, फलफुलका रस, काडा खाँदा हुन्छ। कतिपय महिलाहरू पानी पनि नखाई व्रत बस्ने गरेका छन्।

व्रत बस्नु स्वास्थ्यको दृष्टिकोणमा कतिको राम्रो हो?

अहिले विभिन्न खालका सिद्धान्तहरू आएको छ। यी कुराहरूलाई पनि नकार्न सकिँदैन। अहिले इन्टरमिडेट फास्टिङ– जसले लामो समयसम्म नखाएपनि ठिक हुन्छ। शरीरमा भएको बोसोले काम गर्छ भन्ने कुरा आएको छ।

त्यस्तै, इन्टरमिडेट फास्टिङको सिद्धान्तले दुई दिन व्रत बस्ने र पाँच दिन खाने पनि भन्छ। व्रत भन्नेवित्तिकै पानी पनि नखाई बस्नुपर्छ।

अहिले हाम्रो समाजमा मानिसको स्वास्थ्य र शरीरको प्रकृती अनुसार खाने बानी गर्नुपर्छ। व्रत बस्दा शरीरको अवस्था हरेर केही नखाई बस्ने कि खाएर बस्ने निर्धारण गर्नुपर्छ।

स्वास्थ्य व्यक्ति एकदिन भोकै बस्नसक्छ भने नखाँदा पनि हुन्छ। एकदिन भोकै बस्दा शरीरलाई पनि फाइदा नै हुन्छ। तर जसलाई ग्यास्ट्रिक छ भने उनीहरूलाई एकदम गाह्रो हुन्छ भने वा नखाँदा मुटु दुख्छ र अस्पतालमा जानुपर्ने वाध्यता भए नखाई बस्नु हुँदैन। चलन मनमा राखेर खानुपर्छ।

कतिलाई सुगर, प्रेसरको समस्या हुनसक्छ। उनीहरूले खाएनन् भने सुगर लेवल कम हुने र तुरुन्त बेहोस हुन पनि सक्छ। त्यस्तो अवस्थामा नखाई बस्नहुन्न। पानी पनि नखाई बस्न हुँदैन। अहिले गर्मीको समयमा पसिना आउँछ। यसले डि-हाइड्रेसन हुनसक्छ।

यस्तो बेलामा शरीरभित्र पानी पनि पठाउनुपर्छ। शरीरमा सोडियम, पोटासियमको कमी हुन्छ। त्यसैले पनि शरीरबाट बाहिर निस्किने पानी र भित्र हुने पानीको मात्रालाई सन्तुलन गर्नुपर्छ। अनिमात्र शरीर फुर्तिलो हुन्छ। यसका लागि पानी र जुस पिउनैपर्छ।

कस्ता मानिस व्रत नबस्ने?

व्रत बस्ने भनेको नितान्त स्वनिर्णय हो। व्रत बस्दा कसैको लामो आयु हुन्छ, घर बन्छ भन्ने सही होइन। यो भनेको नियममा बाँध्नका लागि एककिसिमको त्रास पैदा गरिदिएको हो। धर्मग्रन्थमा कहीँ कतै देखिएको छैन। आफूलाई बस्न मन भए व्रत बस्न सकिन्छ। शरीरले नदिए नबस्दा पनि फरक पर्दैन।

तर सुत्केरी महिला, गर्भवती, विरामी तथा बृद्ध महिलाहरूले व्रत नबस्दा पनि हुन्छ। उनीहरू जोखिमयुक्त समुहमा पर्छन्। उनीहरु पटक्कै व्रत बस्नु हुन्न। आस्था हो, तर खानेकुरा खानुपर्छ। जे पायो त्यही नखाई शाकाहारी खानेकुरा खाँदा पनि हुन्छ।

गर्भवती तथा सुत्केरी महिलाहरुलाई बच्चालाई पनि खानुपर्छ भने दूध पनि खुवाउनुपर्छ। शरीर कमजोर भएको अवस्थामा खान छोड्नु हुन्न। माछामासु नखाए पनि सादा खाना, काडा खाँदा दुध पनि बढि आउँदछ।

दरको महत्व के छ, किन खाइन्छ?

तीजको दिन लामो समयसम्म खान पाइँदैन। उक्त समयमा गाह्रो नहोस् भनेर अघिल्लो रात खाने गरिन्छ। अनिवार्य हुँदैन। कतिलाई राती नपच्ने पनि हुन्छ। आफूलाई कतिबेला सहज हुन्छ, त्यतिबेला नै खाँदा हुन्छ। राति खाँदा शरीरमा खानेकुरा छिटो पच्दैन र पछिसम्म बाँकी रहन्छ। त्यसैले पनि भोलिपल्ट छिटै भोक लाग्दैन।

सामान्यतया दाल र भात खाँदा तीन देखि चार घण्टासम्म पच्छ भने माछामासु भए पच्नलाई ८ देखि ९ घण्टा लाग्छ।

अहिले खानाको परिकारहरूमा परिवर्तन भएको छ। चाडवाडमा प्रोटिन भएको खानेकुरा धेरै खान्छौं। माछामासु, दही, दुध, पनिर, मिठाई खाने गरिन्छ। खान नसक्नेले पनि यसबेला धेरै खाने गर्दछन्।

प्रोटिन तथा भिटामिन धेरै खाने गरिन्छ। यी सबै पौष्टिक तत्व हुन्छ तर यी सबै खाए पनि चिल्लो तथा बोसो जम्ने खानेकुरा कमै खानुपर्छ। विशेषगरी कोठाको तापक्रममा जम्ने खानेकुरा, जस्तै घिउ धेरै खानुहुन्न, किनकी यो सबै रगतमा गएर जम्छ। कहिलेकाहीँ रगतको कोसिकाहरूमा गएर कोलेस्टोरल बढाउँछ जसको कारण हृदयघात पनि हुन सक्छ। चिल्लो खानेकुराहरु धेरै खानुहुन्न। यी सबै खानेकुराहरुमा पौष्टिक तत्व भएका कारण स्वास्थ्यलाई फाइदा नै पुग्छ। तर सधैं पौष्टिक तत्व खानुपर्छ। चाडमा खाएको प्रोटिन दुई तीन दिन सम्म रहन्छ। तर अरु पौष्टिक तत्वा भिटामिन मिनिरलहरु शरीरलाई कति चाहिन्छ, त्यति मात्र लिन्छ र बाँकी फाल्दिन्छ।

यो मौसममा कसरी स्वास्थ्य खाने र बच्ने?

अहिले पानी पर्ने मौसममा बासी खानुहुँदैन। अहिले बजारबाट किनेर ल्याएको तरकारी मासुहरूमा (फङ्ग्स) ढुसी पर्न थालेको छ। सडेगलेको खानेकुराहरु खानुहुँदैन। खानेकुरा सुरक्षित नराखे ढुसी पर्न थाल्दछ। त्यस्ता खानेकुरा पटक्कै खानुहुँदैन। यस्तो खानेकरा खाए शरीरमा टक्सिक भएर पोइजन हुन जान्छ।

(डा. उमा कोइरालासँग अनिता श्रेष्ठले गरेकाे कुराकानीका आधारमा)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।