टि सिरिज स्टेज वर्क्स ‘ट्यालेन्ट हन्ट’ पहिलो चरणका विजेता छनोट


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को पहिलो चरणका विजेता छनोट भएका छन्। डिजिटल भोटिङ प्रक्रियाअनुसार पहिलो चरणका नौजना विजेता छनोट भएका हुन्।

दुई साताअघि सम्पन्न पहिलो चरणमा सहभागी प्रतिस्पर्धीमध्ये गायन, नृत्य र अभिनय गरी तीन विधा प्रत्येकबाट तीन–तीनजना विजेता छनोट भएको आयोजकले जनाएको छ। त्यसैगरी गत शुक्रबार र शनिबार सम्पन्न दोस्रो चरणमा सहभागी प्रतिस्पर्धीलाई भदौ २८ सम्म भोट दिन पाइन्छ।

आयोजकका अनुसार पहिलो चरणमा गायत विधाबाट विराटनगरकी मनिषा पोखरेल, बुटवलका राजेश गन्धर्व र बोलबजारका अभिषेक बराइली छनोट भएका छन्। त्यस्तै नृत्य विधाबाट काठमाडौंकी रमा विश्वकर्मा, विराटनगरका बिक्की घिमिरे र विराटनगरकी नविना रोक्का छनोट भएका छन्। त्यसैगरी अभिनय विधाबाट पोखराका दिपेश लामिछाने, जनकपुरधामका सुदिप पटेल र काठमाडौंका प्रभात पाल ठकुरी छनोट भएका छन्।

भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा यो रियालिटी शो सञ्चालन भइरहेको छ।

नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नाइस टेलिभिजन एचडीमा प्रशारण हुँदै आएको छ। आयोजकका अनुसार स्याटेलाइट टिभीबाट नेट टिभी, डिस होम, प्रभु टिभी, मेरो टिभी र क्लियर टिभीमा पनि शो प्रशारण हन्छ।

काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने जानकारी दिइन्।

आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा हरेक चरणमा तीनवटै विधाका दुई–दुई अलग सेलिब्रिटी निर्णायक रहनेछन्। यस्ता दिग्गज सेलिब्रिटी निर्णायक भएको यो पहिलो कार्यक्रम हो। डिजिटल पेमेन्टको क्षेत्रमा दरिलो बजार हिस्सा ओगट्न सफल कम्पनी डिजी पे ट्यालेन्ट हन्ट शोको मुख्य प्रायोजक रहेको छ।

टि सिरिज जस्तो भारतकै ठूलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा आयोजना भइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेको भनाइ छ।

‘यो ट्यालेन्ट हन्टमा छात्रवृत्ति जितेर भारत पढ्न जाने विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने उच्च सम्भावना छ,’ पाण्डेले भने, ‘यसका कारण टि सिरिजका नृत्य, गायन, अभिनयलगायत उत्पादनमा टि सिरिज स्टेज वर्क्सका होनहार विद्यार्थीहरूलाई मौका दिने गरिन्छ। त्यसैले यो प्रतियोगिताको नारा ‘टिकेट टु बलिउड’ रहेको हो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे

ओलीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन

कुलमानको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर

सरकारको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तैः ओली

एमाले अध्यक्ष केपी ओलीले सरकारले हालै दिएको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तै भएको टिप्पणी गरेका छन्। मदन भण्डारीको जीवन पुस्तक