एमालेलाई सभामुखको जवाफ : प्रतिनिधिसभा नियमावली पढेर आउनुस्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – आजबाट प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएको छ। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि केही बेरका लागि स्थगित भएको छ। बैठक सुरु भएलगत्तै एमालेका सांसदले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले बोल्नका लागि विशाल भट्टराईलाई समय उपलब्ध गराएका थिए।

उनले माओवादी, जसपाले सांसदलाई गरेका कारबाही तत्काल सभामुखले सूचना प्रकाशित गरी जानकारी दिए पनि आफूहरुले १४ सांसदलाई गरेको कारबाहीमा सभामुख मौन बसेकोमा आपत्ति जनाएका थिए।

उनले भने, ‘सरिता गिरीलाई १८ घण्टा नहुँदै कारबाही गर्ने, माओवादीका चार सांसदलाई निष्कासित गरेको सूचना २४ घण्टा नबित्दै जारी गर्ने। त्यो नियम माओवादी र जसपाबाट निस्कासितहरुमा मात्र लागू हुने हो कि एमालेको हकमा पनि लागू हुन्छ? सभामुखको त्यो आसनमा बसिरहँदा सभामुखको मर्यादा भनेको सबै दलहरुप्रति सम्मानपूर्ण र समानतापूर्ण व्यवहार गर्नु हो कि होइन सभामुख महोदय? तर, एमाले अन्य कुनै धर्तीबाट आएको राजनीतिक पार्टी त होइन होला? तपाईंले हामीले कारबाही गरेका सांसदको हकमा किन सूचना निकाल्नु भएन? नियोजित रुपमा हाम्रो पार्टी टुक्रर्‍याइ सकेपछि बल्लबल्ल केही गर्नु नपर्ने भनेर सभामुखज्यूले नियोजित रुपमा यो काम गर्नु भएको छ।’

उनले दल विभाजनका लागि सभामुख मतियार बनेको आरोप पनि लगाए। ‘सम्माननीय सभामुख महोदय तपाईंले एमालेले कारबाही गरेका सांसदलाई बचाउन र एमाले टुक्रर्‍याउन किन एउटा सहयोगीको भूमिका निर्वाह गर्नुभयो? किन सारथीको भूमिका निर्वाह गर्नुभयो? दल विभाजनका लागि किन तपाईं मतियार बन्नु भयो भन्ने प्रश्न हामी जोडदार का साथ उठाउँछौं।’, उनले भने।

जवाफमा सभामुखले आफूले प्रचलित कानुनअनुसार नै उक्त निर्णय लिएको बताएका थिए। उनले भने, ‘मैले प्रचलित कानुनका आधारमा निर्णय गरेको हुँ। यसबारे सर्वोच्चमा मुद्दा विचाराधिन छ। नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधिन मुद्दाको सन्दर्भमा संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको छ। त्यसैगरी प्रतिनिधिसभा नियमावली २०७५ मा नियम २१ को खण्ड ‘ख’ ‘ग’ र ‘घ’ मा यसको व्यवस्था गरिएको छ।’

यति भनिसक्दा पनि सांसदले संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेपछि सभामुखले नियम २१ का खण्ड ‘ख’ ‘ग’ र ‘घ’ अध्ययन गर्न आग्रह गरेका थिए। उनले एमाले सांसदलाई मर्यादाभन्दा बाहिर नजान पनि सचेत गराए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।