बिपी कोइराला आधुनिक नेपालका निर्माता


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


स्थानीय स्तरमै विद्यार्थी राजनीति गर्ने विमलेन्द्र निधिलाई बिपी कोइरालाले २०३६ सालमा जनकपुर अधिवेशनबाट नेविसंघको केन्द्रीय सभापति बनाए। सभापतिका आकांक्षी अरू विद्यार्थी नेताहरू नभएका पनि होइनन्। तर, बिपीको जोड निधिका लागि थियो। नेविसंघको केन्द्रीय सभापति बनेपछि राष्ट्रिय राजनीतिमा उदाए निधि। बिपीको चाहनाअनुसार नेविसंघका सभापति बनेको उनै निधि ४२ वर्षपछि अहिले नेपाली कांग्रेसको सभापतिका लागि तयारी गरिरहेका छन्। बिपी जयन्तीको अवसरमा आयोमेलकर्मी धैर्यकान्त दत्तले कांग्रेस उपसभापति निधिसँग गरेको कुराकानीः

आज बिपी कोइराला जन्मिएको दिन। तपाईं बिपी कोइरालालाई कसरी सम्झनुहुन्छ?

सबभन्दा पहिले त म बिश्वेश्वरप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सम्मान व्यक्त गर्न चाहन्छु। नेपालको राजनीतिक इतिहासमा अद्वितीय योगदान उहाँको छ। मैले किन भन्ने गरेको छु भने नेपालको निर्माणमा दुईवटा व्यक्तित्वको अत्यन्त ठूलो योगदान छ। नेपालको एकीकरण गरेर नेपाल बनाउने योगदान पृथ्वीनारायण शाहले पुर्‌याएका छन्। नेपालको एकीकरण गर्ने एउटा विषय हो।

नेपालको एकीकरण भइसकेपछि नेपालमा राज्य प्रणाली कस्तो हुन्छ, शासन प्रणाली कस्तो हुन्छ। जनता र देशको दीर्घायुका लागि त्यो ज्यादै महत्वपूर्ण हुन्छ। त्यसपछिको नेपालको राजनीतिक यात्रालाई हेर्ने हो भने पृथ्वीनारायण शाहदेखि बिपी कोइरालासम्म र २००७ सम्म। र, २००७ देखि २०१७ सम्म, फेरि २०१७ देखि २०४६ सम्म र २०४६ देखि अहिले २०७८ सम्मको कालखण्डलाई उहाँले प्रतिपादन गरेको सिद्धान्त ज्यादै सान्दर्भिक देखिन्छ।

बिपी कोइरालाबारे मैले एक बुँदामा भन्नु पर्‌यो भने जसरी पृथ्वीनारायण शाहलाई हामी नेपालको निर्माताको रूपमा मान्दछौं त्यसरी बिपी कोइराला नेपालको आधुनिक राज्यको निर्माता हुनुहुन्छ।

आधुनिक राज्यमात्रै होइन, नेपालको आधुनिक राज्यको निर्माण पनि र लोकतान्त्रिक राज्य पनि बनाउने काम उहाँबाट भएको छ। आधुनिक राज्य र लोकतान्त्रिक राज्य भन्नु दुईटा अलग–अलग कुरा हो। बिपी कोइरालाले नेपालको राज्यलाई आधुनिकीकरण पनि गर्नुभयो र लोकतान्त्रिकीकरण पनि गर्नुभयो।

बिपी कोइरालालाई कतिपय अहिलेका साथीहरू, उहाँले यस्तो भन्नु भएको थियो उसो भन्नु भएको थियो भन्ने गर्नुहुन्छ। सानो सानो विषयलाई बिपीसँग सीमति राखेरमात्रै उहाँको अध्ययन गर्न सकिँदैन।

नेपालको आधुनिक र लोकतान्त्रिक राज्यको निर्माणको इतिहास लेख्नेहरू, अध्ययन गर्नेहरू र अनुसन्धान गर्नेहरूले पाउनु हुनेछ, राज्यको आधुनिकीकरण र लोकतान्त्रिकीकरणमा बिपी कोइरालाको वैचारिक र व्यवहारिक रूपले नेतृत्वदायी भूमिका छ। त्यसकारण उहाँलाई म त्यो रूपमा सम्झन चाहन्छु।

अब त नेपाली कांग्रेसको नेतृत्वले नै बिपीको सिद्धान्त छोडिसकेको आरोप पनि लाग्ने गरेको छ नि?

म यो आरोपबाट विल्कुलै सहमत छैन। बिपीको सिद्धान्त र योगदानलाई आधा अधुरा बुझेर टिप्पणी गर्ने हो भने छुट्टै कुरा हो। बिपी कोइरालाले नेपालमा राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि संघर्ष गरेको व्यक्ति हुनुहुन्छ। उहाँले नेपालको शासन प्रणालीलाई लोकतान्त्रिक प्रजातान्त्रिक रूपमा प्रस्तुत गर्नुभयो। दोस्रो विषय के हो भने राष्ट्रियता र प्रजातन्त्रलाई एकअर्कासँग जोड्ने काम गर्नुभएको हो।

राष्ट्रियतामा मात्रै हामी केन्द्रित भयौं भने तानाशाही शासनको पृष्ठपोषण हुन्छ। लोकतन्त्रमाथि मात्रै जोड दियौं भने विदेशी हस्तक्षेपको पृष्ठपोषण हुन्छ। त्यसकारण नेपालमा लोकतन्त्रवादी र खास गरेर नेपाली कांग्रेसले दुईवटा जिम्मेवारी पूरा गर्नुपर्ने छ। राष्ट्रियता र लोकतन्त्र सम्वद्र्धनको जिम्मेवारी। राष्ट्रियता र लोकतन्त्र एकअर्काको पुरक हो म भन्छु। बिपीको मूल विचारलाई त्यो रूपमा हेर्नुपर्दछ। त्यसलार्ई हामीले छोडेका छैनौं। त्यही जग हो हाम्रो। बिपीको सिद्धान्तलाई त्यागेको भन्न मिल्दैन।

लोकतन्त्र र संसदीय प्रणालीको अपहरण भइसकेपछि राजा महेन्द्रले जब ३० वर्षसम्म निर्दलीय पञ्चायती व्यवस्थाको जग राखे त्यतिबेला बिपी कोइराला भारतबाट मेलमिलापको नीति लिएर फर्कनु भएको थियो। उहाँको राष्ट्रिय एकता र मेलमिलाप नीतिको चर्चा अहिले पनि चल्ने गरेको छ। नेपाली कांग्रेसले राष्ट्रिय एकता र मेलमिलापको नीति त्याग्यो कतिपय साथीहरूले भन्ने गर्नुभएको छ। हो कि होइन मलाई थाहा छैन।

तर म के भन्छु भने राष्ट्रिय एकता र मेलमिलापको नीति त्याग्ने खालको नीति नै होइन। यो सार्वकालिक हो। राष्ट्रिय एकता र मेलमिलापको कम्पोनेन्टसमा परिवर्तन हुन्छ। पात्रहरूमा परिवर्तन हुन्छ। क–कसको बीचमा राष्ट्रिय एकता र मेलमिलाप। त्यतिबेला राजा थिए। राज्य शक्तिको प्रतिक राजा र लोकतान्त्रिक शक्तिको प्रतिक नेपाली कांग्रेस थियो। राजतन्त्र र लोकतन्त्रको बीचमा मेलमिलापको कुरा थियो। अब त्यो पात्र छैन। राजतन्त्रले मेलमिलाप गर्न चाहेन अनि सिद्धियो। त्यो पनि बिपी कोइरालाको नीतिको प्रमाणिकता हो यो। मेलमिलाप नरहे त्यो तत्व सिद्धिन्छ। राजाले जनतासँग एकता नगर्दा राजतन्त्र सक्यो।

त्यसपछि नेपालमा राजनीतिक शक्तिको रूपमा जे कायम छ उनीहरूबीच राष्ट्रिय एकता र मेलमिलाप रहनु पर्दछ। मौलिक रूपमा जाने हो मैले नेपाल भनेको भूगोलमात्रै होइन। नेपाल भनेको जनता हो। नेपालका तीन करोड जनताबीच विविधता छ। हिमाल, पहाड र तराईमा बसोवास गर्नेहरूबीच जातीय, भाषिक, लैङ्गिकलगायतका विविधता छन्। म के भन्छु भने बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आजको सन्दर्भमा पुनः परिभाषित गर्ने हो भने विविधताहरूको बीचमा एकता र विविधताहरूको बीचमा मेलमिलाप नै राष्ट्रिय एकता हो। यो हुनु भनेको बिपीको त्याग र विरोध गर्नु हो र?

तेस्रो कुरा बिपीले समाजवादको सिद्धान्तलाई समाजवादी अर्थ प्रणालीलाई नेपालमा प्रवेश गराउनुभयो। यहाँ गरिबी छ। फेरि किसानहरूको बाहुल्यता छ। औद्योगिक मजदुरहरूको बाहुल्यता त्यतिबेला पनि थिएन। अहिले पनि छैन। मजदुर पनि फरक फरक छन्। कृषिमा आधारित किसान र कृषिमा आधारित मजदुरहरूको बाहुल्यता भएको देश हो यो। त्यसकारण नेपालको आर्थिक विकासका लागि र समाजवादी सिद्धान्तलाई परिभाषित गर्न कृषि क्षेत्रमाथि केन्द्रित भएर कार्यक्रम बनाइनु पर्दछ। त्यसैले बिपीलाई कसैले छोडेको छैन। यहाँसम्म कि त्यतिबेला बिपीलाई नमान्ने कम्युनिस्टहरू पनि अहिले उहाँको नाम लिन थालेका छन्। हजुरबुवाको पालामा भएको विकास र नातीहरूले गरेको विकास त फरक हुन्छ। यसको अर्थ हजुरबुवालाई अपमान गरेको त भन्न मिल्दैन।

बिपी कोइरालाले भिटो लगाएर २०३६ सालमा नेविसंघको जनकपुर अधिवेशनबाट तपाईंलाई केन्द्रीय सभापति बनाउन लगाउनुभयो। तपाईंको के विशेषता देखेर उहाँले त्यो निर्णय लिनुभएको थियो?

म भित्र के हेर्नुभयो न त उहाँलाई कहिल्यै सोधेको थिएँ, न त कुनै अनुसन्धान नै गरेँ। म साधारण कुरा भन्छु, बौद्धिक अनुसन्धान गर्ने मेरो हैसियत पनि छैन क्षमता पनि छैन।

मेरो पिता महेन्द्रनारायण निधि नेता हुनुहुन्थ्यो नेपाली कांग्रेसको गान्धीवादी नेता। भारतको ‘अंग्रेज हटाओ’ आन्दोलनमा जसरी बिपी कोइरालाले साथ दिनुभएको थियो त्यसैगरी मेरो पिताजीले पनि भाग लिनुभएको थियो। त्यो सँगसँगै मेरो पिताजीको महात्मा गान्धी र राममनोहर लोहियासँग सानिध्यता बढ्यो।

२००७ सालको क्रान्तिका बेला जनकपुरमा क्रान्तिकारी सरकारको प्रथम प्रमुख बन्नुभयो। त्यो क्रान्तिमा कांग्रेसले जनकपुर कब्जा गरिसकेपछि सरकार बनायो, जसको प्रधानमन्त्रीका रूपमा मेरो पिताजी महेन्द्रनारायण निधि, गर्भनरको रूपमा रुद्रप्रसाद गिरी, मुख्य सचिवको रूपमा योगप्रसाद उपाध्याय हुनुहुन्थ्यो। २००७ सालको क्रान्ति मेरो जन्मभन्दा पहिलेको कुरा हो।

२०१५ सालमा बिपी कोइराला प्रधानमन्त्री हुनुभयो, कृष्णप्रसाद भट्टराई सभामुख र मेरो पिताजी महेन्द्रनारायण निधि उपसभामुख हुनुभएको थियो। तर, २०१७ मा राजा महेन्द्रले शासन आफ्नो हातमा लियो। धेरै प्रयासभयो तर मेरो पिताजीले पञ्चायतसँग कहिल्यै साँगगाँठ गर्नु भएन।
म त ५÷६ वर्षको थिएँ। बौद्धिक परिपक्वताको त कुरै थिएन। मेरो बाल्यकालको मनमा के कुरा थियो भने मेरो पिताजी असल नेता। अनि मेरो पिताजीको नेता त बिपी कोइराला। मेरो पिताजीभन्दा ठूलो र असल हुनुभयो मलाई लाग्ने गर्दथ्यो। त्यो बाहेक मेरो दिमागमा अरू केही छँदै थिएन। राजा त बदमास रहेछ, बिपी कोइरालालाई समात्ने, मेरो पिताजीलाई समात्ने र मेरा अंकलहरूलाई समात्ने। राजा त बदमास रहेछ मेरो दिमागमा थियो।

त्यो दिनदेखि मेरो मनमा विद्रोहको भावना थियो। म ८-९ कक्षाको विद्यार्थी हुँदा नै राजाप्रति मेरो मनमा आक्रोश थियो। गाउँमा साथीहरूलाई लिएर संगठन गर्नतिर लागेँ।

त्यही क्रममा नेपाल विद्यार्थी संघको स्थापना भयो। र, आन्दोलनको क्रममा म जेल परेँ। उमेर कमै भए पनि डर अथवा पश्चाताप केही भएन। मेरो मनमा एकखाले क्रान्तिकारी भावना थियो।

महेन्द्र मिश्र, सूर्य ढुंगेल, गणेश तिवारी, अशोक पाण्डेयलगायतका साथीहरू सहित जनकपुरमा प्रजातन्त्र दिवस मनाउँदै गर्दा प्रहरीले पक्राउ गर्न खोजेको थियो। त्यहाँबाट भागेर बनरास पुगेका थियौं। बनारसमा बिपीसँग एक सप्ताहसम्म बस्यौं। त्यहाँबाट फर्केर आइसकेपछि कैयौंपटक जेल परेँ।

जनमत संग्रहको घोषणा भइसकेपछि नेविसंघको महाधिवेशन गर्न माग उठ्यो। त्यतिबेला शेरबहादुर देउवाजी सभापति हुनुहुन्थ्यो। नेविसंघको महाधिवेशन जनकपुरमा गर्ने बिपीकै चाहना थियो। म त्यतिबेला नेविसंघको केन्द्रीय सदस्य थिएँ।

पछि बिपीले मलाई सभापति बनाउनुभयो। म सभापति बन्छु भन्ने अनुमान मलाई पनि थिएन। मेरै अध्यक्षतामा स्थानीय तयारी समिति गठन भएको थियो। अरू नेताहरू अर्कैको पक्षमा हुनुहुन्थ्यो। शेरबहादुरजी, शैलजाजीहरू दीलबहादुर घर्तिलाई सभापति बनाउन खोज्नुभएको थियो। केही नेताहरू बेनु प्रसाईंलाई बनाउन चाहिरहनु भएको थियो। त्यतिबेलाका सबैभन्दा पपुलर उम्मेदवार बेनु प्रसाईं हुनुहुन्थ्यो।

तर, बिपीले अडान लिएर मलाई सभापति बनाउनुभयो। उहाँले के हेरेर यसो गर्नुभयो त्यो मलाई थाहा भएन। बिपीकै चाहनाअनुसार म निर्विरोध सभापति भएको थिएँ।

मेरो राजनीतिक जीवनका लागि बिपी कोइरालाको अतुल्य योगदान छ। स्थानीय तहमा राजनीति गर्ने म जस्तो व्यक्तिलाई राष्ट्रिय तहमा नेतृत्व गर्ने अवसर बिपीले दिनुभयो। यो अर्थमा पनि आजको दिनमा म उहाँप्रति सम्मान व्यक्त गर्न चाहन्छु। बुद्धि विवेकले भ्याएसम्म मैले बिपीको चाहनाअनुसार काम गरेको छु। र, उहाँले म प्रति गरेको विश्वासलाई अझै अनुशरण गरिरहेको छु।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप