महाधिवेशनमा समावेशी प्रतिनिधित्व अन्त्य गर्ने षडयन्त्र भएको छ: निधि


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा समावेशी प्रतिनिधित्व समाप्त हुने गरी विधान र निर्वाचन निर्देशिका आएको भन्दै विरोध सुरू भएको छ। १२ औं महाधिवेशनदेखि नै सबै निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना समावेशी कोटाबाट प्रतिनिधित्व गर्ने व्यवस्था रहेकोमा यसपटक त्यो हटाइएको भन्दै उच्च पदाधिकारीबाटै विरोध सुरू भएको हो।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधि चयन गर्न समावेशिताको प्रावधान विधानबाट हटाइनु त्रुटिपूर्ण रहेको बताउँछन्। सबै कलस्टरबाट महाधिवेशन प्रतिनिधि आउने व्यवस्था नगरिए आगामी निर्वाचनमा कांग्रेसले दुष्परिणाम भोग्नुपर्ने उनको भनाइ छ। ‘१३ औं महाधिवेशनसम्म कलस्टरअनुसार सिट आरक्षित हुन्थ्यो। अहिले विधानमा केही त्रुटि भएको छ,’ आयोमेलसँग उनले भने,‘वडा र क्षेत्रसम्म समावेशिताको हिसाबमा प्रतिनिधित्व हुने। तर, महाधिवेशन प्रतिनिधि बन्न नपाउने। विधानमा त्रुटि भएको छ। यसलाई सच्याइनु पर्दछ।’

विगतमा कलस्टरको हिसाबले प्रतिनिधि छान्ने प्रक्रिया कुनै पनि करण वा बहानामा रोकिन नहुने उनले बताएका छन्। महाधिवेशन प्रतिनिधिलाई समावेशी बनाउन बाधा अडकाउ फुकाउ गरेर पनि विधानलाइ सच्याइन सकिने उनको भनाइ छ।

‘जसरी पहिले सबै कलस्टरबाट महाधिवेशनमा प्रतिनिधि छानिन्थ्यो कुनै पनि करण र बहानाले नरोकियोस्,’ निधिले भने,‘पहिलेको अधिकार कटौति भएको छ। यसबारे म सभापतिजीसँग कुरा गर्छु।’

२५ जना महाधिवेशन प्रतिनिधिमा सबै कलस्टरबाट कम्तिमा एकजना आउने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले विधान र निर्देशिकाको बहानमा रोकिनु उपयुक्त नहुने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप